बुधबार, अशोज १, २०७६

फिफा विश्वकप छनोटमा नेपालको ऐतिहासिक जित

  • प्रकाशित मिति : बुधबार, भदौ २५, २०७६



  • काठमाडौं । अन्जन विष्टको दुई गोलमा नेपालले चाइनिज ताइपेइलाई उसकै घरेलु मैदानमा २-० ले पराजित गरेको छ । सन् २०२२ मा कतारमा हुने फिफा विश्वकपको छनोट अन्तर्गत दोस्रो चरणको दोस्रो खेलमा जितसँगै नेपालले महत्त्वपूर्ण तीन अंक हासिल गरेको छ । विश्वकप छनोटको दोस्रो चरणमा नेपालको यो ऐतिहासिक पहिलो जित पनि हो ।

    यसअघि, विश्वकप छनोटमा विदेशी भूमिमा नेपालले मकाउलाई मात्र हराएको इतिहास छ । सो खेल पनि तटस्थ भूमिमा थियो । त्यसैले विश्वकप भूमिमा विपक्षीको घरेलु मैदानमा नेपालको यो पहिलो जित भएको छ ।

    गत बिहिबार कुवेतमा ७–० को लज्जास्पद पराजयपछि ठूलो आलोचना वेहोरेको नेपाललाई ताइपेईविरुद्ध सकारात्मक नतिजा निकाल्न जरुरी थियो । नेपालले ताइपेईलाई हराएर आप्mना आलोचकलाई चूप मात्र पारेन, छनोटअन्तर्गत अन्य खेलका लागि पनि आप्mनो मनोबल उच्च पारेको छ । ताइपेईको भने यो लगातार दोस्रो हार भएको छ । घरेलु मैदानमा नै भएको पहिलो खेलमा जोर्डनले पनि ताइपेइलाई २–१ ले निराश पारेको थियो ।

    चाइनिेज ताइपेईको घरेलु मैदान ताईपेई रङ्गलशालामा प्राप्त यो जित योहान कालिनको प्रशिक्षकत्वमा नेपालको पहिलो सफलता भएको छ । कालिनको प्रशिक्षकत्वमा यसअघि नेपालले खेलेका पाँच खेलमा तीन हार र दुई बराबरीको नतिजा निकालेको थियो । गत जेठमा कालिनकै रेखदेखमा चाइनिज ताइपेईसँग उसकै मैदानमा खेलेको खेलमा नेपालले घरेलु टिमलाई १–१ ले बराबरीमा रोकेको थियो । नेपाल र ताइपेइको सिनियर टिमबीच त्यो नै पहिलो भिडन्त थियो ।

    खेलको तेस्रो मिनेटमा नै मैदानको दायाँ भागबाट प्राप्त फ्रिकिकमा सुजल श्रेष्ठले उपलब्ध गराइदिएको बललाई मिडफिल्डर अञ्जनले हेडमार्फत् गोलपोस्टमा छिराएर नेपालालई अग्रता दिलाउनुभएको हो । ताइपेईका लागि रवि पासवानलाई लडाएपछि नेपालले फिकि नै सो फ्रिकिक पनि जितेका थिए ।

    त्यसपछि ६३ औँ मिनेटमा अञ्जनले डिबक्स ‘लाइन’बाट सशक्त प्रहारद्वारा गोल गरी नेपाललाई सहज स्थितिमा पुर्याए । सो गोल गर्न पनि अञ्जनलाई सुजलले नै बल मिलाइदिनुभएको थियो । मैदानको दायाँ भागबाट रवि पासवानले क्रस गरेको बललाई डिबक्समा रहेका सुजलले हेड गरी अञ्जनलाई पास मिलाइदिएका हुन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology