बुधबार, अशोज १, २०७६

बैंकका कर्मचारी भर्नामा आफूखुसी गर्न रोक

  • प्रकाशित मिति : बुधबार, भदौ २५, २०७६



  • काठमाडौं । बैंक तथा वित्तीय संस्थामा सञ्चालकले आफूखुसी कर्मचारी राख्दै आएका छन् । अब भने उनीहरूलाई राष्ट्र बैंकले अंकुश लगाएको छ । कार्यविधि बनाई त्यहीअनुसार चल्न केन्द्रीय बैंकले निर्देश गरेको छ ।

    केन्द्रीय बैंकको एकीकृत निर्देशन २०७६ मा कर्मचारीले पालना गर्नुपर्ने आचरणसम्बन्धी यसअघिको व्यवस्थालाई खारेज गरिएको छ । त्यसमा तालिम तथा वृत्ति विकास खर्चको गणना गर्दा गत वर्षको कुल कर्मचारी खर्चलाई आधार लिनुपर्ने व्यवस्था थियो । सञ्चालकको संयोजकत्वमा गठित समिति तथा उपसमितिका सदस्यको बैठक भत्ता सञ्चालक समितिसरह र अन्य पदाधिकारीको भत्ता सञ्चालकभन्दा कम हुने गरी सञ्चालक समितिले तोकेबमोजिम हुने भएको छ । यसअघि समितिका सदस्यको बैठक भत्ता सञ्चालक समितिका सदस्यले पाउने बैठक भत्ताभन्दा बढी नहुने गरी तोक्नुपर्ने व्यवस्था थियो ।

    प्रमुख कार्यकारी र सञ्चालकबीच कारोबार भए त्यसको विस्तृत विवरण मासिक रुपमा केन्द्रीय बैंक सुपरीवेक्षण विभागमा बुझाउनु पर्ने भएको छ । उनीहरूले यस्तो जानकारी महिना समाप्त भएको १५ दिनभित्र पेस गर्नुपर्ने भनिएको छ । यसअघि यस्तो व्यवस्था थिएन ।

    कर्जा नवीकरण गर्न सक्ने
    कालोसूचीमा परेका तर साँवा, ब्याज नियमित तिरेका ऋणीले कर्जा नवीकरण गर्न सक्नेछन् । तर, कालोसूचीमा समावेश भएका ऋणीलाई बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रदान गर्न बन्देज छ । गैरकोषमा आधारित सुविधा वा क्रेडिट कार्डबाट सिर्जना भएको कर्जा (फोर्स कर्जा) को हकमा कर्जा शीर्षकमा लेखांकन भएको ९० दिन नाघे उक्त ऋणीलाई पनि कालोसूचीमा समावेश गरिनेछ । यसअघि उक्त शीर्षकको र सो अवधिकालाई कालोसूचीमा राख्ने व्यवस्था थिएन । बैंकले १ लाखसम्मको क्रेडिट कार्ड कर्जा प्रवाह गर्दा ऋणीबारे कर्जा सूचना केन्द्रबाट जानकारी लिन नपर्ने व्यवस्था गरेको छ । सुनचाँदी, मुद्दति रसिद र सरकारी सुरक्षणपत्र धितो कर्जा दिँदा ऋणीको सूचना लिनुपर्दैन । यसबाहेकका कर्जा प्रवाहमा भने ऋणीबारे केन्द्रबाट जानकारी लिनुपर्ने व्यवस्था छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology