बुधबार, अशोज १, २०७६

प्रधानमन्त्रीको मुटुमा राखिएको क्याथेटर झिकियो, थप उपचार गर्नु नपर्ने

  • प्रकाशित मिति : बुधबार, भदौ २५, २०७६



  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मुटुमा राखिएको क्याथेटर बुधबार डाक्टरले झिकेका छन् । त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा क्याथेटर निकालिएको हो । सिंगापुरमा प्लाज्माफेरेसिस गर्दा क्याथेटर राखिएको थियो । अन्य थप उपचार गर्नु नपरेको डाक्टरले बताएका छन् ।

    बिरामीको हात अथवा खुट्टाको नसाबाट तार पठाएर गरिने जाँच र उपचार पद्धतिलाई क्याथेटर भनिन्छ । गत वर्ष प्रधानमन्त्री ओलीले सेन्टरमा भर्ना भएरै मुटुको उपचार गराएका थिए । त्यसको फलोअपका लागि पनि ओली बुधबार अस्पताल गएको उनको सचिवालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology