बुधबार, अशोज १, २०७६

ट्रम्पलाई सुरक्षा सल्लाहकारबाट धोका, बोल्टन बर्खास्त

  • प्रकाशित मिति : बुधबार, भदौ २५, २०७६



  • वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई बर्खास्त गरेका छन् । अमेरिकाको प्रत्यक्ष संलग्नता रहेका अफगानिस्तान, उत्तर कोरिया र अरु संकटग्रस्त स्थानका समस्या सुल्झाउन बोल्टन बाधक बनेको ह्वाइट हाउसको ठम्याइ छ ।

    बोल्टनका नीतिसँग आफू असहमत रहेको भनाइ राख्दै ट्रम्पले ट्विटरमा लेखेका छन्, ‘मैले जोनलाई राजिनामा दिन भनेको थिएँ, उहाँले आजै बिहान राजीनामा बुझाउनुभयो ।’ तीन वर्ष अवधिमै राष्ट्रपति ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकारमा तेस्रो फेरबदल गरेका थिए। उनले अर्को साता नयाँ सल्लाहकार नियुक्त गरिने बताएका छन् ।

    बोल्टनले आफूलाई ट्रम्पले बर्खास्त नगरेको बरु आफैंले राजिनामा दिएको दाबी गरेका छन् । बोल्टनलाई अमेरिकी राजनीतिक मामिलामा सधैं विवादास्पद व्यक्ति मानिन्छ । इराकमा आक्रमणका मुख्य योजनाकार मानिने बोल्टनलाई अमेरिकी विदेश मामिला परिचालनमा कठोर व्यक्तिका रुपमा लिइन्छ । पछिल्ला दिनमा ह्वाइट हाउसले इरान, उत्तर कोरिया, भेनेजुएलासमेतका मामिलामा लिएको रबैयाका मुख्य सुत्रधार बोल्टन रहेको विश्वास गरिन्छ ।

    उनी संयुक्त राष्ट्रसंघका लागि राजदूतसमेत बनेका थिए । उनले अफगानिस्तानका विद्रोही शक्ति तालिबान र उत्तर कोरियाली नेता किम जोङ अनसँग भइरहेका वार्तामा समर्थन गरेका थिएनन् । अमेरिकी सञ्चारमाध्यमका अनुसार ट्रम्पले तालिबान नेतालाई गत साता क्याम्प डेभिडमा आमन्त्रण गरे पनि अन्तिम क्षणमा रद्द गरेपछि दुवै नेताबीच असमझदारी चुलीमा पुगेको थियो ।

    अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले बोल्टन बाहिरिनुको अर्थ अमेरिकाको रणनीति पूरै परिवर्तन भएको ठान्न नहुने बताए । ‘हामीबीचको कोही सदस्य बाहिरिनासाथ अमेरिकी नीतिमा परिवर्तन हुँदैन’, उनले भने, ‘त्यसमा सत्यता छैन ।’ एजेन्सी

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology