बुधबार, अशोज १, २०७६

संघका लागि कर्मचारी भर्ना असोजदेखि, विज्ञापन गर्ने तयारीमा लोकसेवा

  • प्रकाशित मिति : बिहिबार, भदौ २६, २०७६



  •  

    काठमाडौं । लोकसेवा आयोगले केन्द्र सरकारको मागबमोजिम असोजदेखि नै विज्ञापन गरी पदपूर्तिको प्रक्रिया सुरु गर्ने तयारी गरेको छ।सरकारले संघ (केन्द्र) का लागि तत्काल करिब ५ हजार कर्मचारी भर्ना गर्ने भएपछि आयोगले असोजदेखि नै विज्ञापन गर्ने गरी प्रक्रिया सुरु गरेको हो । निजामती प्रशासनका ८० हजार र स्थानीय तहका ३४ हजार कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तहमा समायोजन प्रक्रिया सुरु गरेपछि केन्द्र सरकारले केहि समय यता कर्मचारी भर्ना रोकेको थियो ।

    समायोजन प्रक्रिया पूरा हुनासाथ केन्द्र सरकारले कर्मचारी पदपूर्ति पुनः सुरु गर्ने निर्णय गरी विज्ञापन गरिदिन लोकसेवालाई आग्रह गरेको हो। केहि समयपछि पदपूर्ति प्रक्रिया खुलेकाले केन्द्रका लागि खुला प्रतिस्पर्धाबाट एकैपटक ठूलो संख्यामा कर्मचारी भर्ना गर्न लागिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जानकारी दिएको छ।

    प्रदेश र स्थानीय तहमा रिक्त पदमा समेत एक वर्षभित्र थप ७ हजार कर्मचारी भर्ना गरिँदै छ । सात प्रदेश र स्थानीय तहमा भएका कर्मचारीको संख्या र बर्सेनि अवकाश हुने नियमित प्रक्रियाको विश्लेषण गर्दा एक वर्षमा उक्त संख्यामा कर्मचारीको पदपूर्ति हुने लोकसेवाका पूर्वपदाधिकारीहरूको अनुमान छ। सात प्रदेशमध्ये २ र ५ मा प्रादेशिक लोकसेवा आयोग गठन भइसकेका छन्।

    बाँकी प्रदेशसभाले प्रादेशिक लोकसेवा आयोग गठनसम्बन्धी ऐन पारित गरिसकेका छन्। प्रादेशिक लोकसेवा आयोग गठन भएको ढिलोमा ६ महिनामा आन्तरिक तयारी र गृहकार्य गरी कर्मचारी भर्ना प्रक्रिया थाल्न सक्ने अवस्था रहने ती अधिकारीहरूको विश्लेषण छ।

    आयोगले बर्सेनि सरदर ६ हजार कर्मचारी पदपूर्ति गर्दै आएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology