बुधबार, अशोज १, २०७६

सुनको मूल्य लगातार ओरालो, कति पर्छ तोलाको ?

  • प्रकाशित मिति : बिहिबार, भदौ २६, २०७६



  • काठमाडौं । दुई महिनासम्म उकालो लागेको सुनको मूल्य पछिल्लो साता ओरालो झरेको छ । गत साताको शुक्रबारसम्म वृद्धि भएको सुनको मूल्य आइतबारदेखि ओरालो क्रममा छ । शनिबार प्रतितोला ७२ हजारमा कारोबार भएको छापावाला सुन आइतबार ५ सय घटेर ७१ हजार ५ सय पुगेको थियो । मंगलबार ७१ हजारमा झरेको थियो । बुधबार भने सुनको मूल्य स्थिर रह्यो ।

    बिहीबार प्रतितोला रु २०० ले गिरावट आएको छ । छापावाला सुनको मूल्य प्रतितोला ७० हजार ८ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी २ सयले घटेको छ । यो सुनको मूल्य ७० हजार ५ सय निर्धारण गरिएको महासंघले जनाएको छ ।

    चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । बुधबार प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य रु पाँचले घटेर रु ८७५ पुगेको महासंघले जनाएको छ ।

    अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य ओरालो लागेको छ । विश्व बजारमा प्रतिऔस ए१ हजार ५०२.४० अमेरिकी डलर छ । केहीअघि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔस १ हजार ५४० डलरसम्म पुगेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology