बुधबार, अशोज १, २०७६

 नेकपाभित्र दलाल पुँजीवादमा कन्ट्रिब्युसन गरिएकाे आधारमा पद पाइन्छ: घनश्याम भुषाल

  • प्रकाशित मिति : बिहिबार, भदौ २६, २०७६



  • काठमाडौं । माक्र्सवादी चिन्तक तथा सत्तारुढ नेकपाका नेता घनश्याम भुषालले पार्टीमा दलाल पुँजीवादीहरुको वर्चस्व रहेको धारणा राखेका छन् । राजधानीमा आयोजित नेपालको सन्दर्भमा समाजवाद विषयक विमर्श कार्यक्रममा बोल्दै उनले पुँजीवादी व्यवस्था फेर्नुपर्ने बताएका हुन् । उनले दलाल पूँजीवादी व्यवस्था फेर्न नसके हामी आफै त्यहि व्यवस्थामा फेरिन बाध्य हुनुपर्ने बताए ।

    नेता भुषालले दलाल पुँजीवादमा कति कन्ट्रब्युसन गरेको छ भन्ने आधारमा नेकपामा पद दिइने बताए । उनले भने, ‘पार्टीमा कति पद पाइन्छ भन्ने कुरा दलाल पुँजीवादमा कसको कति पहुँच छ भन्ने कुराले निर्धारण गर्छ ।’ यस्तै रह्यो भने हाम्रा नेताले सबै समस्या समाजवादका कारणले भएकाले यसलाई नै खारेज गरौं भन्ने प्रस्ताव ल्याउन सक्ने भन्दै उनले नेताहरुमाथि चोटिलो ब्यांग्य गरेका थिए ।

    नेता भुषालले कम्युष्टि सरकारको कामप्रति असन्तुष्ट हुँदै भने, ‘कम्युनिष्ट पार्टी सरकारमा बसेको ३० वर्ष हुँदा पनि समाजमा छुवाछुत छ । समाजवाद भनेर लागेका लाखौं मानिसहरु यही पार्टी वरिपरी छ । तर लिडरको जीवन फेरिएकै फेरिएकै छ ।’ उनले नेताहरु पैसा कमाउनैका लागि पार्टीमा ठूलाे पदमा जान मरिहत्ते गर्ने गरेकाे बताए । ‘ठूलो पदमा जानु छ किनकी धेरै पैसा कमाउनु छ । धेरै पैसा कमाउनु छ किनकी ठूलो पदमा पुग्नु छ । अहिलेको द्वद्ववाद धेरै पैसा ठूलो पद, ठूलो पद धेरै पैसा’ उनले भने । उनले राम्रो समाजवादी व्यवस्थाका लागि पनि राम्रो समाजवादी पार्टी बनाउनुपर्नेमा जाेड दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology