बुधबार, अशोज १, २०७६

संसदमा नवीना लामाकाे प्रश्न: विश्वासिलाे लोकसेवामाथि किन प्रश्न उठिरहेकाे छ ?

  • प्रकाशित मिति : बिहिबार, भदौ २६, २०७६



  • काठमाडौं । सत्तारुढ नेकपाकी युवा नेतृ तथा प्रतिनिधिसभाका सदस्य नवीना लामाले विश्वासिलो र जिम्मेवार संस्था लोकसेवा आयोगले परिक्षा प्रणालीमा विभेद गरेकोबारे संसदमा प्रश्न उठाएकी छिन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा विधेयकमाथिको छलफलमा बोल्दै सांसद् लामाले समावेशी लोकतन्त्रमा पनि निष्पक्ष संस्था लोकसेवा आयोगका कामबारे प्रश्न उठाएर सडक आन्दोलन किन भयो भनी प्रश्न उठाएकी हुन् ।

    ‘सम्माननीय सभामुख ज्यु, लोक सेवा आयोगले जुन विधेयक ल्याएको छ, त्यसलाई म हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु । तर हामीले यो स्वागत र सम्मान गरिरहदा आज तीन तहको सरकार छ’ अनेरास्ववियुको पूर्व अध्यक्षसमेत रहेका संसद लामाले भनिन्, ‘यसलाई यो सन्दर्भमा जोड्दा हिजो खास जाति, वर्ग र धर्मका मान्छेहरू राजामहाराजा थिए, तर आज ती राजा महाराजाको ठाउँमा जनताका छोराछोरी शासनसत्ताको नेतृत्व गरिरहेको छ। त्यसकारण लोकसेवा आयोग एउटा विश्वासिलो, जिम्मेवार उदाहरणीय संस्थाका रूपमा हामी लिन सक्छौं । तर आज परीक्षा प्रणालीमा किन विभेद भयो ?’ लोकसेवामाथि प्रश्न उठाएर आज सडकमा किन यत्रो आन्दोलन उब्जियो भन्दै उनले स‌ंसदमा प्रश्न गरिन् ।

    सांसद् लामाले लोकसेवा आयोगले समावेशीतालाई आत्मसाथ गर्न सक्नुपर्ने बताए । उनले भनिन्, ‘लोकसेवा आयोगलाई विश्वासिलो र व्यवस्थित बनाउन नयाँ विधेयक ल्याइरहदा फेरि पनि कुनै जाति र समुदायले आन्दोलन ग¥यो भने लोकतन्त्रको सुन्दर पक्ष के रहन्छ ? यो मेरो प्रश्न हो । यो प्रश्न मेरो मात्रै प्रश्न होइन, त्यसकारण लोकसेवा आयोगललाई समावेशिता, साझा र निश्पक्षतालाई आत्मसात गर्न सक्नुपर्छ ।’

    उनले लोकसेवामा खास जाति, समुदाय र वर्गका मानिसहरुले सहभागिता पहुँचमा पुग्न पाएका छन् कि छैन भन्ने कुरा नै आजको मुल विषय भएकाे बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology