बुधबार, अशोज १, २०७६

जागरणमा सत्तारुढको डन्डा, विश्वप्रकाश भन्छन्– प्रधानमन्त्रीज्यू कस्तो नेपाल बनाउनुहुन्छ ?

  • प्रकाशित मिति : शुक्रबार, भदौ २७, २०७६



  • काठमाडौं । बाँकेको खजुरा–२ सीतापुरमा कांग्रेस कार्यकर्तामाथि भएको आक्रमण घटनाको पार्टीले भत्र्सना गरेको छ । कांग्रेस केन्द्रीय कार्यालय र संघीय संसदीय दलले त्यसको विरोध गरेका छन् ।

    राष्ट्रिय जागरण अभियानका क्रममा बिहीबार नेपाल रेडक्रसको हलमा कार्यक्रम भइरहेको थियो । नेकपामा आबद्ध आपराधिक मानसिकता भएका ५०–६० जनाको समूह आई कार्यक्रम बिथाल्न खोजेको दलले जनाएको छ । कांग्रेस बाँकेका सभापति किरण कोइराला, केन्द्रीय प्रतिनिधि विद्याप्रसाद खनाललसहित पार्टीका कार्यकर्तामाथि सुनियोजित रूपमा सांघातिक हमला गरेको कांग्रेसको विज्ञप्तिमा उल्लेख छ । कोइरालाको हात भाँचिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

    ‘कुनै पनि राजनीतिक दलले शान्तिपूर्ण रूपमा सांगठनिक कार्यक्रम गर्न पाउने संवैधानिक अधिकारमाथि ठाडो प्रहार भएको छ’, विज्ञप्तिमा लेखिएको छ, ‘सरकारसमर्थित आपराधिक समूहले घटाएको यस किसिमको अराजक घटना अत्यन्त निन्दनीय, अमानवीय, घृणित एवं गैरकानुनीय कार्य हो । यति ठूलो घटना हुँदा पनि पनि सुरक्षा निकाय, स्थानीय प्रशासन एवं सरकार मौन बस्नु अन्यन्त दुःखदायी कुरो हो ।’

    यस घटनालाई सरकारले गम्भीरतापूर्वक छानबिन गरी यसमा संलग्न दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन कांग्रेसले माग गरेको छ । ‘सम्माननीय प्रधानमन्त्रीज्यू यहाँको राजमा यहाँका कार्यकर्ताले यहाँकै उमेरको सालीन महिला नेतृको हात भाँचिदिएका छन्’, शर्माले फेसबुकमा लेखेका छन्, ‘बाँके जिल्ला नेपाली कांग्रेस सभापति किरण कोइरालाको भाँचिएको हातले यहाँको राज्यमा अनेक प्रश्न जन्माएको छ ।
    १,महिलाको मर्यादा ।
    २,इतर विचारको कदर।
    ३,स्वस्थ राजनीतिको अभ्यास ।
    अनि विशेष प्रश्न
    ४,राजनीति हामी कता लग्दै छौं ?
    हजुरामामाथि आक्रमण गर्ने जत्था बोकेर तपाईं कस्तो नेपाल बनाउन चाहनुहुन्छ ????’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology