बुधबार, अशोज १, २०७६

नेकपाद्वारा दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन

  • प्रकाशित मिति : शुक्रबार, भदौ २७, २०७६



  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी मंसिर १४ गतेका लागि तय भएको उपनिर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको छ ।

    नेकपाले संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४८ बमोजिम दल दर्ताका लागि बिहीबार निवेदन दिएको हो । नेकपा महासचिव विष्णु पौडेलले संविधानअनुसार आवश्यक कागजातसहित आयोगमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको हस्ताक्षरित निवेदन पेश गरिएको जानकारी दिए ।

    नेकपाको सचिवालय बैठकले प्रदेश, प्रतिनिधिसभा र स्थानीय तहको उपनिर्वाचनमा सहभागी हुन दल दर्ता हुनुपर्ने नियमअनुसार आवश्यक प्रक्रिया पूरा गर्न महासचिव पौडेललाई जिम्मेवारी दिएको थियो । तत्कालीन एमाले र माओवादी केन्द्र एकीकृत भएर नेकपा पार्टी बनेकाले नेकपाले दल दर्ताका लागि निवेदन दिनु परेको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology