बुधबार, अशोज १, २०७६

सुखी नेपाली, समृद्ध नेपालको आकांक्षा पुरा गर्न पर्वहरुलाई पर्यटनसँग जोडौं: प्रधानमन्त्री ओली

  • प्रकाशित मिति : शुक्रबार, भदौ २७, २०७६



  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न साँस्कृतिक पर्वहरुलाई पर्यटनसँग जोड्नु पर्ने बताएका छन् ।

    काठमाडौं उपत्यकामा मनाइने इन्द्रजात्राका अवसरमा आज एक शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गरेका हुन् । नेपाल यतिबेला आर्थिक सामाजिक रुपान्तरण गर्दै समृद्ध नेपाल निर्माण गर्ने अभियानमा रहेको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ । “समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न हाम्रा सांस्कृतिक महत्वका पर्वहरुलाई पर्यटन प्रवद्र्धनसँग जोड्नु आवश्यक छ” प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, “प्राचीन महत्वका मौलिक विशेषता भएका यस्ता पर्वहरु विदेशी पर्यटकको आकर्षण गर्ने कडी बन्न सक्छन् । त्यस पक्षलाई पनि आत्मसात गर्दै अघि बढ्न म सबैमा आग्रह गर्दछु ।”

    प्रधानमन्त्री ओलीले नेपालमा बहुभाषा, बहुधर्म र बहुसंस्कृतिको देश भएको उल्लेख गरेका छन् । “एक अर्काको समुदायका संस्कृतिलाई हामीले साझा समाजिक-साँस्कृतिक निधि मान्दै आएका छौं । यही साँस्कृतिक विशेषताका कारण हामी सम्पूर्ण नेपाली एकताको सुत्रमा बाँधिएका छौं ” प्रधानमन्त्री ओलीले भने, “हाम्रो सांस्कृतिक विविधतालाई विभेदका रुपमा अथ्र्याइ नेपालीहरु बीचको एकता धुमिल्याउने प्रयास थिए । तर, हामीले त्यस्ता दुष्प्रयासलाई परास्त गरिसकेका छौं । ”

    प्रधानमन्त्री ओलीले इन्द्रजात्रालाई सहकाल सहित मनाइने पर्वको रुपमा स्मरण समेत गरे । प्रधानमन्त्री ओलीले इन्द्रजात्रालाई साँस्कृतिक पर्वका रुपमा संरक्षण गरिएको बताए । “ इन्द्रजात्राका बारेमा वाल्मीकि रामायण, महाभारत, हरिबंश पुराण, कालिका पुराण, विष्णु धर्माेत्तर पुराण, बृहत संहिता, भविष्य पुराण र संस्कृत भाषाका महाकवि कालिदासको रघुबंशमा पनि उल्लेख हुनुले यसको पौराणिकता पुष्टि हुन्छ ” प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, “पौराणिक कालदेखि निरन्तर कायम रहँदै आएका यस्ता सांस्कृतिक पर्वहरुको जगेर्ना हुनुुलाई हामीले नेपालको सांस्कृतिक सवलताका रुपमा लिनुपर्छ । ”

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology