बुधबार, अशोज १, २०७६

विभिन्न आयोजना र परियोजनाका लागि ८ सय ५३ कर्मचारी भर्ना गर्दै सरकार

  • प्रकाशित मिति : शुक्रबार, भदौ २७, २०७६




  • काठमाडौं । सरकारले विभिन्न ठूला आयोजना र परियोजनाका लागी ठूलो संख्यामा करारमा अधिकृत स्तरका कर्मचारीको दरबन्दी स्वीकृत गरेको छ । यो संगै मन्त्रालयलाई कर्मचारी भर्नाको बाटो खुलेको हो ।

    मन्त्रिपरिषद् बैठकको बिहीबार सार्वजनिक निर्णयमा आठ सय ९३ जनाको दरबन्दी स्वीकृत भएको उल्लेख छ । त्यसमध्ये विभिन्न मन्त्रालयमा राजपत्रांकित पद (अधिकृत स्तर) को दरबन्दी आठ सय ५३ छ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको जलस्रोत तथा सिँचाइ विभागअन्तर्गत सञ्चालन हुने आयोजना र कार्यक्रमका लागि तीन सय ६० अधिकृतस्तरको दरबन्दी स्वीकृत गरिएको छ। सत्य निरूपण तथा मेलमिलाप अयोगमा ५६ र बेपत्ता परिएका व्यक्तिको छानबिन आयोगमा २३ वटा दरबन्दी स्वीकृत भएको छ।

    कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत २९१ दरबन्दी स्वीकृत भएको छ। यीमध्ये २७२ दरबन्दी विभिन्न आयोग/परियोजना/आयोजना/कार्यक्रमका लागि छन् भने १९ दरबन्दी नेपाल लाइभस्टक सेक्टर इन्नोभेसन आयोजनाका लागि स्वीकृत भएको छ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतका विभिन्न परियोजनारकार्यक्रमका लागि ५८ तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत सञ्चालित आयोजनाका लागि अधिकृतस्तरका ६५ दरबन्दी स्वीकृत भएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology