बुधबार, अशोज १, २०७६

विकासको तीव्र गतिमा बर्दिया

  • प्रकाशित मिति : शुक्रबार, भदौ २७, २०७६



  • काठमाडौं । पछिल्लो पटक बर्दियामा विकास निर्माणले गति लिदै गएको छ । देश एकात्मक शासन प्रणालीबाट संघियात्मक शासन प्रणालीमा गएपछि पछिल्लो समय वर्दियामा विकासको लहर चल्न थालेको हो ।

    तराइ –मधेशका जिल्लाहरुलाई समृद्ध बनाउने उश्येले स्थापित तराइ मधेश समृद्धि आयोजना अन्तर्गत आर्थिक वर्षमा ०७६/०७७ का लागी बर्दियामा मात्रै १९ ओटा आयोजना सञ्चालनका लागि बजेट विनियोजन भएको छ ।

    वर्दियाबाट प्रतिनिधिसभा सांसद तुलसी थापा र बिमला विकको पहलमा उक्त आयोजनाहरुको लागी ८ करोड ५० लाख बजेट विनियोजन भएको छ । यो बजेट विनियोजन भएसँगै वर्दियाले विकासको क्षेत्रमा छलाङ मार्ने स्थानीयको अपेक्षा रहेको छ ।

    विकास र राष्ट्रिय पँहुचबाट सधै पछाडि परेको वर्दियाको क्षेत्र नम्बर २ मा मात्रै ५ करोड ३५ लाख बजेट विनियोजन भएको छ । यो समग्र वर्दियाको अन्य क्षेत्र भन्दा बढी बजेट हो । सधै राज्यबाट पछि परेको वर्दिया क्षेत्र नम्बर २ लाई विकासको मुल प्रवाहमा ल्याउन प्रतिनिधि सभा सांसद विमला विकको मुख्य भुमिका रहेको छ । निकै खरो र चोटी शब्द मार्फ संसदमा विकासको मुद्दालाई उठाइरहने यूवा सांसद विकको यो पहलले नै बर्दिया विकासको तिव्र गतिमा अघि बढेको स्थानीयको भनाइ छ ।

    सांसद विकले आगामी दिनहरुमा पनि बर्दिया बासिका थुप्रै विकास निर्माण र समाजिक क्षेत्रका मुद्दालाई समेटेर अगाडी बढने बताइन् ।

    यस्तो छ परियोजनकाे बजेट

    १) गुलरिया नगरपालिका
    –अती विपन्न सुकुमवासी, मुक्तकमैया र गरिवहरुको लागी आवस निर्माण वडा नं.३ र ४ मा रु ४० लाख बजेट विनियोजन

    –शहीद यमलाल मार्ग धोविनिया देखी शान्ति प्रा।वि। हुदै गुजराना सडक स्तरउन्नति गर्ने वडा नं.२ मा रु ४० लाख बजेट विनियोजन

    २) बढैयाताल गाँउपालिका
    –कृषि सामुदायिक गोदाम घर निर्माण वडा नं.८ मा रु ३५ लाख विनियोजन
    –अति विपन्न समुदायको लागी सामुहिक आवस योजना वाड नं. २ मा रु. ७० लाख बजेट विनियोजन

    ३) बाँसगढि नगरपालिका
    –विद्यालयमा अध्ययनरत अनाथ, टुहुरा वालवालिकाका लागि आवास गृह निर्माण वाड नं.५ मा रु. २५ लाख बजेट विनियोजन
    – चेपाङ्ग खोटे बस्तीमा सामुहीक आवास निर्माण वाड नं. १ मा रु.७५ लाख बजेट विजनियोजन
    – रेउखोला तट्वन्धन निर्माण योजना वडा नं. ४ मा र.।३० लाख बजेट विनियोजन
    ४) बारबर्दिया नगरपालिका
    – युवक मा।वि। दुध्धा भवन निर्माण वडा नं. ८ रु. २५ लाख बजेट विनियोजन
    – कतर्निया खानेपानी डिप ट्युवेल निर्माण सहित पाइपलाइ विस्तार र सार्वजनिक सौचालय निर्माण वडा नं. ९ रु. २५ लाख बजेट विनियोजन

    ५) गेरुवा गाँउपालिका
    –सामुहिक आवास कार्यक्रम वडा नं.२ मा रु ६० लाख बजेट विनियोजन

    ६) ठाकुरवावा नगरपालिका
    –श्री जनज्योती मा।वि। विद्यालय भवन निर्माण वडा नं. ६ मा रु ३५ लाख बजेट विनियोजन
    –वनविर देखि गोविन्दपुर जैविक मार्ग थारु होमस्टे सम्मको वाटो कालोपत्रे वाड नं ५ मा रु. ४५ लाख बजेट विनियोजन

    ७) मधुवन नगरपालिका
    – शुक्र मा।वि। भवन निर्माण वाड नं ७ मा रु. ४५ लाख बजेट विनियोजन
    – ने.रा.मा.वि.पुर्णपुर भवन निर्माण वाड नं. ९ मा रु ४५ लाख बजेट विनियोजन
    – गुराँस मा।वि। छात्रावास निर्माण वडा नं. ६ मा रु. ६० लाख बजेट विनियोजन
    – आखाँ अस्पताल सामुदायिक भवन निर्माण वाड नं. ६ मा रु. ४० लाख बजेट विनियोजन
    –हुलाकि सडक नरवहादुर खत्रिको देखि श्रीकैडा हुदै ताराताल सम्म सिमाना जोड्ने सडक कालोपत्रे वडा नं ६ र ७ मा रु. ३० लाख बजेट विनियोजन
    – अम्मरपुर सामुदायिक वन देखि रजवारा हुदै कुस्मिनिया जोड्ने वाटो कालोपत्रे वडा नं. २ रु.३५ लाख बजेट विनियोजन

    ८) राजापुर नगरपालिका
    –कालिका मा.वि ८ कोठे भवन निर्माण वडा नं.१ मा रु. ५० लाख बजेट विनियोजन
    –श्री नेपाल राष्ट्रिय आ।वि।को ६ कोठे भवन निर्माण वडा नं ५मा  रु‍.४० लाख ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology