बुधबार, अशोज १, २०७६

कांग्रेस कार्यक्रम बिथोल्ने तीन पक्राउ, नेकपा नेता भन्छन्– व्यक्तिगत विवादले भएको घटना दुःखद

  • प्रकाशित मिति : शुक्रबार, भदौ २७, २०७६



  • नेपालगन्ज । कांग्रेस बाँकेकी सभापति किरण कोइरालालगायत व्यक्तिलाई आक्रमण गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । तीन जनालाई प्रहरीले खोजिरहेको बाँकेको धनौनी इलाका प्रहरी प्रमुख प्रहरी निरीक्षक पोषण थपलियाले बताए ।

    र, यो पनि
    जागरणमा सत्तारुढको डन्डा, विश्वप्रकाश भन्छन्– प्रधानमन्त्रीज्यू कस्तो नेपाल बनाउनुहुन्छ ?

    सभापति कोइरालालगायत कांग्रेस कार्यकर्तालाई नेकपाका कार्यकर्ताको एक समूहले मञ्चमै पुगेर आक्रमण गरेको बाँके कांग्रेसका सदस्य सुधांशु कोइरालाले बताए । नेकपा बाँकेका अध्यक्ष आर्इपी खरेलले भने आरोपको खण्डन गरेका छन् । भने, ‘कांग्रेसको कार्यक्रम बिथोल्ने हाम्रो कुनै नीति छैन । कांग्रेसका कुनै एक कार्यकर्तासँग हाम्रो पार्टीका समर्थक युवाको व्यक्तिगत विवादले एक्कासि जन्माएको यो दुःखद् घटना मात्र हो ।’

    आक्रमणबाट सभापति कोइरालाको बायाँ हात भाँच्चिएको छ । नेपालगन्जस्थित वेस्टर्न अस्पतालमा उनको उपचार गरिएको थियो । अस्पतालका चिकित्सक डा. विनोद थापाका अनुसार सभापति कोइरालाको हातको नाडीदेखि माथिको हड्डी भाँच्चिएकाले प्लाष्टर गरिएको छ ।
    .

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology