बुधबार, अशोज १, २०७६

फोनमा व्यस्त महिला एक जोडी सर्प माथि बसेपछि…

  • प्रकाशित मिति : शुक्रबार, भदौ २७, २०७६



  • एजेन्सी । भारतमा एक निकै रहस्यमय घटना सार्वजनिक भएको छ । भारतको उत्तर प्रदेशको गोरखपुर जिल्लामा एउटा निकै दुर्भाग्यपूर्ण घटना सार्वजनिक भएको छ । यहाँ एक महिला आफ्नो बेडरुममा आएको एक जोडी सर्पमाथि फोन गर्दागर्दै बसिन् । सर्पले उनलाई तुरुन्त डसे र उनको मृत्यु भयो ।

    गोरखपुर जिल्लामा बस्ने मिरा नामकी महिला फोनमा कुरा गरिरहेकी थिइन् । उनका श्रीमान् जय सिंह थाइल्याण्डमा काम गर्छन् । फोनमा कुरा गर्दागर्दै मिरा बेडरुममा गइन् र बेडमाथि बसिन् ।

    उनलाई थाहा थिएन, बेडमा एक जोडी सर्प छन् । सर्पले मिरालाइ डसेलगत्तै परिवारले उनलाई नजिकैको सरकारी अस्पताल भर्ना गरे त्यहाँका डाक्टरले उनलाई मऊ जिल्लाका लागि रिफर गरे तर उनको सरकारी अस्पतालमा नै मृत्यु भयो ।

    ती जोडी सर्प धेरै बेरसम्म बेडमा नै घुमिरहेको भारतीय मिडिया आजतकले बताएको छ । रिसाएका मानिसहरुले सर्पलाई पिटिपिटी मारिदिएको बताइन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology