बुधबार, अशोज १, २०७६

निर्जीवन बिमामा २४ अर्ब संकलन, एक वर्षको नाफा मात्रै ४ अर्ब रुपैयाँ

  • प्रकाशित मिति : शुक्रबार, भदौ २७, २०७६



  • काठमाडौं । १८ निर्जीवन बिमा कम्पनीले बिमाशुल्कबापत २३ अर्ब ९१ करोड २५ लाख संकलन गरेका छन् । कम्पनीले हालै सार्वजनिक गरेका गत आवको चौथो त्रैमासिक वित्तीय विवरणमा उनीहरूले ३ अर्ब ९७ करोड २५ लाख खुद नाफा कमाएको उल्लेख छ । नेपालमा २० निर्जीवन बिमा कम्पनी छन् । त्यसमध्ये भारतीय स्वामित्वमा रहेका ओरियन्टल र नेसनल इन्स्योरेन्सले वित्तीय विवरण सार्वजनिक गरेका छैनन् ।

    बाँकी कम्पनीले अघिल्लो आवमा २० अर्ब ३१ करोड १५ लाख बिमाशुल्क उठाएका थिए । गत आवमा १७.७९ प्रतिशतले बढेको देखिन्छ । अघिल्लो आवमा ती कम्पनीले ३ अर्ब ६५ करोड ७७ लाख खुद नाफा कमाएका थिए । शिखर इन्स्योरेन्सले सबैभन्दा बढी ३ अर्ब ५१ करोड ९३ लाख बिमाशुल्क उठाएको छ । सबैभन्दा बढी नाफा कमाउनेमा भने राष्ट्रिय बिमा कम्पनी छ । यो कम्पनीले गत आवमा ७८ करोड १३ लाख नाफा कमाएको देखिन्छ ।

    २०७५ असारदेखि सञ्चालनमा आएका सानिमा जनरल, अजोड र जनरल इन्स्योरेन्सको व्यावसायिक गतिविधि पनि उत्साहजनक देखिएको छ । गत आवमा उक्त कम्पनीले ९४ करोड २८ लाख बिमाशुल्क संकलन गरी १० करोड २७ लाख नाफा कमाएका छन् । नयाँ कम्पनीमध्ये अजोड इन्स्योरेन्स सबैभन्दा बलियो देखिएको छ । गत आवमा उक्त कम्पनीले ४१ करोड ४५ लाख बिमाशुल्क र ३ करोड ६७ लाख नाफा कमाएको छ । जुन अन्य दुई नयाँ कम्पनीको भन्दा बढी हो ।

    कम्पनी नाफा (रू. लाखमा) कम्पनी बिमाशुल्क (रू. लाखमा)
    राष्ट्रिय 7813.1 शिखर 35193.39
    शिखर 4729.8 सगरमाथा 21792.27
    नेको 3436.74 नेको 19162
    सगरमाथा 2765.78 सिद्धार्थ 18617.99
    प्रभु 2662.13 एनएलजी 16655.71
    लुम्बिनी जनरल 2598 प्रिमियर 16498.95
    प्रिमियर 2456.23 हिमालय  जनरल 14588.53
    सिद्धार्थ 2143.43 लुम्बिनी जनरल 13605
    हिमालय  जनरल 1985.12 राष्ट्रिय बीमा कम्पनी 13595.95
    नेपाल इन्स्यारेन्स 1805.8 आइएमई जनरल 12668
    एनएलजी 1742.99 प्रुडेन्सियल 12475.67
    आईएमई जनरल 1712.14 नेपाल इन्स्यारेन्स 11705.76
    प्रुडेन्सियल 1317.25 प्रभु 10141.06
    युनाइटेड 921.11 एभरेस्ट 8118.17
    एभरेष्ट 608.06 युनाइटेड 4878.8
    अजोड 367.69 अजोड 4145.16
    जनरल 362.2 जनरल 3324.61
    सानिमा जनरल 297.97 सानिमा जनरल 1958.55

     

    स्रोत : सम्बद्ध कम्पनीको आव २०७५/७६ को चौथो त्रैमासिक वित्तीय विवरण

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology