बुधबार, अशोज १, २०७६

सुदूरपश्चिम प्रदेशमा टुंगियो नेकपाको एकता

  • प्रकाशित मिति : शुक्रबार, भदौ २७, २०७६



  • काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सुदूरपश्चिम प्रदेश कमिटीले आफ्नो मातहतका सबै जिल्ला र स्थानीय तहको एकीकरण सम्पन्न गरेको छ । पार्टी एकीकरण टुंगो लगाउने नेकपामा सुदूरपश्चिम प्रदेश कमिटी पहिलो बनेको छ ।

    प्रदेश इन्चार्ज भीम रावलसहित पदाधिकारीले शुक्रबार धनगढीमा पत्रकार सम्मेलन गरी सुदूरपश्चिमका ९ जिल्ला र ८८ स्थानीय तहका साथै वडा तहसम्म एकीकरणको काम सम्पन्न भएको बताएका हुन् । रावलले अब भातृ संगठनहरुको एकीकरण पनि टुंगो लाग्ने भन्दै राष्ट्रिय स्वाभिमान र पार्टी एकताका सन्देश दिन गाउँ गाउँसम्म अभियान सन्चालन गरिने बताए ।

    यसैबीच नेकपाको प्रदेश ३ कमिटीको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । प्रदेश अध्यक्ष नारायण दाहालका बुबाको निधन भएका कारण भदौ २९ मा डाकिएको प्रदेश कमिटी बैठक अर्को सूचना नभएस्म्म स्थगित गरिएको प्रदेश सचिव आनन्द पोखरेलले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology