बुधबार, अशोज १, २०७६

खजुरा घटनाले कम्युनिस्टको चरित्र उदांगियो : डिला संग्रौला

  • प्रकाशित मिति : शुक्रबार, भदौ २७, २०७६



  • काठमाडौं । प्रतिनिधिसभा सदस्य एवं कांग्रेस नेतृ डा. डिला संग्रौलाले बाँकेको खजुरा घटनाले कम्युनिस्टको चरित्र उदांगिएको बताएकी छन् ।

    ‘खजुरा गाँउपालिकाको सीतापुरमा नेपाली कांग्रेस पार्टीको जागरण कार्यक्रम चलिरहेको अवस्थामा नेकपाका कार्यकर्ता प्रवेश गरी अन्धाधुन्द आक्रमण गरेका छन् । आक्रमणबाट नेपाली कांग्रेसकी जिल्ला सभापति श्रीमती किरण कोइरालाको हात फ्याक्चर भएको छ भने केन्द्रीय प्रतिनिधि विद्याप्रसाद खनाललगायत दर्जनौ स्थानीय नेता तथा कार्यकर्ता घाइते भएका छन्’, उनले प्रेस विज्ञप्तिमा लेखेकी छन्, ‘सत्ता र शक्तिको उन्मादमा गुन्डागर्दी शैलीमा भएको घृणित आक्रमणको घोर भत्सना गर्दछु । कुनै पनि राजनीतिक दलले शाान्तिपूर्ण रुपमा कार्यक्रम गर्न पाउने संवैधानिक अधिकारमाथि ठाडो प्रहार भएको छ ।’ अराजक घटना हुँदा सुरक्षा निकाय, स्थानीय प्रशाासन एवं सरकार मौन बसेको आरोप उनले लगाएकी छन् । दोषीलाई तत्काल कारबाही गर्न उनले सरकारसँग माग गरेकी छन् ।

    र, यो पनि

    जागरणमा सत्तारुढको डन्डा, विश्वप्रकाश भन्छन्– प्रधानमन्त्रीज्यू कस्तो नेपाल बनाउनुहुन्छ ?
    कांग्रेस कार्यक्रम बिथोल्ने तीन पक्राउ, नेकपा नेता भन्छन्– व्यक्तिगत विवादले भएको घटना दुःखद
    नेकपाको आक्रमणविरुद्ध काठमाडौंमा प्रदर्शन गर्ने तयारी

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology