बुधबार, अशोज १, २०७६

दसैंका बेलामा गाडी भाडा समायोजनको एजेन्डा, सरकार भन्छ– अहिले हुँदैन

  • प्रकाशित मिति : शुक्रबार, भदौ २७, २०७६



  • काठमाडौं । सरकारले दसैंअघि सार्वजनिक सवारी साधनको भाडा नबढाउने निर्णय गरेको छ । व्यवसायीसँग अग्रिम टिकटका लागि बैठक भइरहँदा पनि भाडा समायोजन तत्काल गर्ने छलफल नभएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालको भनाइ छ ।

    उनका अनुसार यस वर्ष बजेटमै भाडा समायोजनका लागि कार्यक्रम छुट्याइएको छ । दसैं, तिहार, छठलगायत चाडपर्व सकिएपछि त्यसमा अध्ययन भएर मात्रै समायोजन हुने उनको भनाइ छ । सरकारले ३५ प्रतिशत पेट्रोलियम पदार्थको मूल्यका आधारमा र ६५ प्रतिशत सवारी साधनका ‘पार्टपुर्जा’, जनशक्तिलाई लाग्ने खर्चलगायत आधार बनाएर भाडादर निर्धारण गर्दै आएको छ । ‘चाडपर्व सकिएपछि दुवैलाई आधार मानेर अध्ययन गरेपछि भाडा समायोजन गरिनेछ’, उनले भने ।

    राष्ट्रिय यातायात व्यवसायी महासंघले भने नियमित रूपमा भाडा समायोजन गर्नु सरकारको जिम्मेवारी भएको बताउँदै आएको छ । महासंघका महासचिव सरोज सिटौलाले भाडा समायोजनको काम यातायात व्यवसायीको नभएर विभागको भएको बताए । विभागले नियमित रूपमा समायोजन गर्नुपर्नेमा उनको जोड छ । ‘सात वर्षदेखि ६५ प्रतिशतको आधारमा भाडा समायोजन हुन सकेको छैन’, उनले भने, ‘यसतर्फ सरकारले सोच्नुपर्छ, हामीले भन्ने होइन ।’

    विभागले गत जेठमा भाडादर वृद्धि गरे पनि पाँच घण्टामै निर्णय फिर्ता लिएको थियो । वर्षेनी दशैँ, तिहार, छठलगायतका चाडपर्वका लागि लक्षित गर्दै अग्रिम टिकट खुलाउँदा भाडा समायोजनको विषय उठ्ने गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology