बुधबार, अशोज १, २०७६

खजुरा घटनाले कांग्रेस आन्दोलित, बाँकेमा प्रदर्शनदेखि माइतीघरमा धर्नासम्म

  • प्रकाशित मिति : शुक्रबार, भदौ २७, २०७६



  • काठमाडौं । बाँकेको खजुरामा भएको घटनाविरुद्ध कांग्रेस आन्दोलित भएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार पत्रकार सम्मेलन गरी विरोध कार्यक्रम सार्वजनिक गरेका छन् ।

    बाँके घटनालगायत शान्ति–सुरक्षा खस्किएको स्थिति र सरकार संरक्षित गुन्डागर्दीविरुद्ध सम्बन्धित निकायहरूमा ज्ञापनपत्र दिइने उनले बताए । काठमाडौं उपत्यकाका हकमा काठमाडौं, ललितपुर र भक्तपुरका कांग्रेस जिल्ला सभापतिको अगुवाइमा शनिबार बिहान गृहमन्त्रीमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराइने भएको छ । बाँकेमा शुक्रबार मध्याह्नदेखि प्रदर्शन निर्धारण गरिएको विज्ञप्तिमा उल्लेख छ । सम्बन्धित प्रदेशसभा क्षेत्रका लागि केन्द्रीय प्रतिनिधि विद्याप्रसाद खनाललगायतको नेतृत्वमा नेपालगन्जको बीपी चोकबाट जिल्ला पार्टी कार्यालय खजुरा रोडसम्म प्रदर्शनपश्चात स्थानीय प्रशासनलाई लिखित जाहेरी बुझाउने कार्यक्रम छ ।

    काठमाडौं माइतीघरमण्डलामा शनिबार अपराह्न शान्तिपूर्ण धर्नाको कार्यक्रम तय भएको प्रवक्ताले बताए । पार्टी सभापति शेरबहादुर देउवा शनिबार बाँके जाने उनले बताए ।

    यो पनि

    जागरणमा सत्तारुढको डन्डा, विश्वप्रकाश भन्छन्– प्रधानमन्त्रीज्यू कस्तो नेपाल बनाउनुहुन्छ ?

    कांग्रेस कार्यक्रम बिथोल्ने तीन पक्राउ, नेकपा नेता भन्छन्– व्यक्तिगत विवादले भएको घटना दुःखद

    खजुरा घटनाले कम्युनिस्टको चरित्र उदांगियो : डिला संग्रौला

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology