बुधबार, अशोज १, २०७६

चाडपर्वका बेला कालाबजारिया सलबलाइरहेका छन्, सरकारको ध्यान कता छ ? : सुजाता परियार

  • प्रकाशित मिति : शुक्रबार, भदौ २७, २०७६



  • काठमाडौं । कांग्रेस केन्द्रीय सदस्य एवं सांसद सुजाता परियारले चाडपर्वका बेला बजारमा मूल्यवृद्धि भइरहे पनि यसतर्फ सरकारको ध्यान नगएको बताएकी छन् । अनुगमनको पाटो फितलो देखिएको उनको भनाइ छ ।

    ‘चाडपर्वको मुखमा हरेक कुरामा मूल्यवृद्धि भइरहेको छ । सम्बन्धित निकायको ध्यान कता छ ?’, बिहीबारको प्रतिनिधिसभा बैठकमा उनले भनेकी थिइन्, ‘अनुगमनको पाटो फितलो भएको छ । अनुगमन प्रभावकारी पार्नुपर्छ । जनताले सुशासन र सरकार भएको महसुस गर्न पाऊन् ।’

    नेपालीहरूको महान पर्व दसैं, तिहार, छठ नजिकिँदै गर्दा जताततै महँगी र भ्रष्टाचार बढेको उनले बताइन् । ‘कालाबजारिया सलबलाइरहेका छन् । चिनी माफिया सलबलाइरहेका छन् । दैनिक उपभोग्य सामग्रीको मूल्य अकासिएको छ । खाद्यान्न वस्तुलगायत हरेक हामीले दैनिक प्रयोग गर्ने वस्तु सागसब्जीदेखि लिएर फलफूलमा मिसावट भएको छ । विषादी छ । खाद्यान्नमा मिसावट भएको छ । म्याद गुज्रिएका खाद्यान्न बजारमा बिक्री भइरहेको छ’, उनले भनिन्, ‘यसबाट जनता मारमा परिरहेका छन् । यो दुईतिहाइ सरकारको ध्यान कतातिर गएको छ ?’

    उनले गाउँका गरिब जनताले पालेका कुखुरा, गाई, भैंसीलगायत अन्य वस्तुमा चर्को कर उठाइएको उल्लेख गरिन् । तर, कसैलाई भने सरकारले नै लाभकर पनि छुट गरिरहेको कुरा बारम्बार उठिरहेको उनले बताइन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology