बुधबार, अशोज १, २०७६

भरतपुर महानगरपालिकाले गर्यो तीस करोड बढी आन्तरिक आम्दानी

  • प्रकाशित मिति : शुक्रबार, भदौ २७, २०७६



  • चितवन । भरतपुर महानगरपालिकाको वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ । गोष्ठीमा चालु आर्थिक वर्ष २०७६र७७ को योजना समेटिएको वार्षिक कार्ययोजना किताब सार्वजनिक गरिएको थियो । महानगरपालिकाले गत आर्थिक वर्ष २०७५ ७६ मा गरेका कामहरूको बारेमा महानगरपालिकाका विभिन्न महाशाखा प्रमुखहरुले जानकारी गराएका थिए । महानगर क्षेत्रमा कार्यरत अन्य सरकारी कार्यालयका प्रमुखहरुद्वारा कार्य प्रगति र भावी योजनाबारे जानकारी दिइएको थियो ।

    भरतपुर महानगरपालिकाले गत आर्थिक वर्षमा कूल एक अर्ब १७ करोड ९२ लाख रुपैयाँ आन्तरिक आम्दानी गर्ने अनुमान गरिएकोमा एक अर्ब ४७ करोड ३२ लाख रुपैयाँ आम्दानी गरेको छ । त्यसैगरी भरतपुर महानगरले गत आवमा कृषि प्रवद्र्धन अन्तर्गत ६५ लाख र दूध उत्पादनमा ३५ लाख गरी कूल एक करोड रुपैयाँ अनुदान वितरण गरेको छ । आर्थिक तथा सामाजिक विकास महाशाखा प्रमुख प्रद्युम्न प्रसाद उपाध्यायका अनुसार, साना सिँचाईतर्फ ३० लाख, डीप बोरिङतर्फ १० लाख र बीउविजन आत्मनिर्भरताका लागि २५ लाख रुपैयाँ अनुदान दिइएको थियो । दूध उत्पादनतर्फ २५ पैसा प्रतिलिटरका दरले अनुदान दिइएको महानगरले जनाएको छ ।

    भरतपुर महानगरपालिकाले गत आर्थिक वर्षमा पूर्वाधार विकास क्षेत्रतर्फ ५७ प्रतिशतमात्रै खर्च गरेको छ । पुँजीगततर्फ कुल विनियोजित बजेट एक अर्ब २९ करोड २२ लाख ४० हजार रुपैयाँ रहेकोमा ७३ करोड ९२ लाख ७० हजार रुपैयाँमात्र खर्च भएको थियो । कुल एक सय ६६ वटा नगरस्तरीय योजना रहेकोमा ४० वटामात्र सम्पन्न भएको भरतपुर महानगरले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology