बुधबार, अशोज १, २०७६

नेता/ कार्यकर्ताको चरित्र निर्माण नभए कम्युनिस्ट पार्टी पतन हुन्छ: जनार्दन शर्मा

  • प्रकाशित मिति : शनिबार, भदौ २८, २०७६



  • धनकुटा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री जनार्दन शर्माले नेपाल कम्युनिस्ट पार्टीको सिद्धान्तअनुसार नेता कार्यकर्ताको चरित्र निर्माण गर्न नसके कम्युनिस्ट पार्टी पतनतर्फ उन्मुख हुने बताए ।

    नेकपा धनकुटाको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा शुक्रबार नेता शर्माले पूर्वएमाले र पूर्वमाओवादी भनेर नेकपाको संगठन बिस्तार नहुने समेत बताए । कम्युनिस्ट सिद्धान्तअनुसार नेता कार्यकर्ताको चरित्र नभएका कारण पार्टीको सुधारको खाँचो रहेको टिप्पणी गरे ।

    नेता शर्माले जनवादी क्रान्तिको चरण पार गरेको भन्दै पुँजीवादी चरणको प्रवेश गरेको र अब समाजवादतिर प्रवेश गर्ने बेला आएको बताए । प्रशिक्षणमा जिल्ला कमिटी, सल्लाहकार, नगर र गाउँपालिका पदाधिकारी, जनवर्गीय सङ्गठनका कमिटी लगायत सहभागी रहेका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology