बुधबार, अशोज १, २०७६

खजुरा घटनामा गृहमन्त्रीलाई कांग्रेसको ज्ञापन, जागरण देखेर ‘अत्तालियो सरकार’

  • प्रकाशित मिति : शनिबार, भदौ २८, २०७६



  • काठमाडौं । बाँकेको खजुरामा भएको घटनाबारे कांग्रेसले गृहमन्त्री रामबहादुर थापालाई ६ बुँदे ज्ञापनपत्र बुझाएको छ । पार्टीको राष्ट्रिय जागरण अभियान कार्यक्रम बिथोल्न सरकारको आडमा सुनियोजित रुपमा आक्रमण गर्ने अपराधीलाई तत्काल पक्राउ गरी कारबाही गर्न कांग्रेस नेताले माग गरेका छन् ।

    ‘भविष्यमा यस्ता घटना दोहोरिन नदिन सरकारलाई सचेत गराउँदछौं’, ज्ञापनपत्रमा लेखिएको छ, ‘दोषीउपर कारबाही नभएको खण्डमा नेपाली कांग्रेस कडाभन्दा कडा थप आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुनेछ ।’

    दोस्रो चरणको अभियानका क्रममा भदौ २६ गते खजुरा गाउँपालिका–२ सीतापुरस्थित नेपाल रेडक्रसको हलमा कार्यक्रम भइरहँदा नेकपाका नेता तथा खजुरा–१ का वडाअध्यक्ष सुमन मल्लको निर्देशनमा सुनील, मुमबहादुर वली, पारस मल्ल, निमबहादुर वली, निर्मल खत्री, लोके भन्ने नाम नखुलेकोसमेतका १३–१४ जनाको समूह भित्रै प्रवेश गरी ज्यानै मार्ने नियतले सामूहिक आक्रमण गरेको कांग्रेसले जनाएको छ । ‘यो हाम्रो क्षेत्र हो यहाँ नेपाली कांग्रेसले कार्यक्रम गर्न पाउँदैन’ भन्दै कांग्रेस बाँके सभापति किरण कोइराला, केन्द्रीय प्रतिनिधि विद्याप्रसाद खनाललगायत पार्टीका दर्जनौं कार्यकर्तालाई सुनियोजित एवं सांघातिक हमला गरेको घटनाप्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको ज्ञापनपत्रमा उल्लेख छ । घटनामा कोइरालाको हात भाँच्चिएको थियो । अन्य घाइते भएका थिए । कार्यकर्ताले बचाउ गरेका कारणले मात्र उनीहरुको ज्यान जोगिएको ज्ञापनपत्रमा उल्लेख छ ।

    बढ्दो महँगी, भ्रष्टाचार, महिला हिंसा, बलात्कार, हत्या, अलोकतान्त्रिक विधेयक र कम्युनिस्ट सरकारको सम्पूर्ण कुशासनविरुद्ध कांग्रेसले गरेको पहिलो र दोस्रो चरणका कार्यक्रममा उर्लिंदो जनलहर र जनसहभागिता देखेर सर्वसत्तावाद उन्मुख कम्युनिस्ट सरकार र उनीहरुका कार्यकर्ता अत्तालिएको आरोप कांग्रेसले लगाएको छ । ‘सत्तारुढ दल र सरकार यसरी स्वतन्त्र रुपमा कार्यक्रम गर्न पाउने संविधानप्रदत्त नागरिक र दलको अधिकारमाथि समेत ठाडो उल्लंघन गर्न उद्यत छ’, ज्ञापनपत्रमा लेखिएको छ ।

    कांग्रेस जिल्ला कार्यसमिति ललितपुरका सभापति मदन अमात्य, काठमाडौंका सभापति कृष्ण (सवुज) बानियाँ र भक्तपुरका सभापति दुर्लभ थापाले ज्ञापनपत्र बुझाएका थिए । काठमाडौं, भक्तपुर र ललितपुरका सभापतिको नेतृत्वमा शनिबार अपरान्ह ३ बजे माइतीघर मण्डलामा शान्तिपूर्ण धर्नाको कार्यक्रम हुने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

    यो पनि
    दोषीलाई कारबाही हुन्छ : गृहमन्त्री थापा
    कांग्रेस आन्दोलित, बाँकेमा प्रदर्शनदेखि माइतीघरमा धर्नासम्म
    जागरणमा सत्तारुढको डन्डा, विश्वप्रकाश भन्छन्– प्रधानमन्त्रीज्यू कस्तो नेपाल बनाउनुहुन्छ ?
    कांग्रेस कार्यक्रम बिथोल्ने तीन पक्राउ, नेकपा नेता भन्छन्– व्यक्तिगत विवादले भएको घटना दुःखद
    खजुरा घटनाले कम्युनिस्टको चरित्र उदांगियो : डिला संग्रौला

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology