बुधबार, अशोज १, २०७६

कास्कीका सबै वडामा नेकपाको कमिटी गठन

  • प्रकाशित मिति : शनिबार, भदौ २८, २०७६



  • कास्की । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कास्कीका ७२ वडामा पार्टी कमिटी गठन गरेको छ । महानगरको ३३ र चार गाउँपालिकाका ३९ वडामा एकता प्रक्रिया सकिएपछि शपथ कार्य शुरु गरिएको केन्द्रीय सदस्य एवं जिल्ला इञ्चार्ज राजकाजी गुरुङले बताए।

    महानगरका वडामा शपथ गराउने कार्यक्रम केहीमा सकिएको र दुईरतीन दिनभित्रमा ३३ वटैमा सकिएर गाउँपालिकामा शपथ शुरु गरिने जनाइएको छ । पार्टीको १० सदस्यीय जिल्ला कार्यालय सदस्यको टिमले वडा विभाजन गरेर शपथ गराएको हो ।

    गत असारमा वडाका अध्यक्ष र सचिव चयन गरेको दुई महीनापछि कमिटीमा रहने सदस्य चयन गरिएको हो । नेकपाले ४५ सदस्यीय महानगर वडा कमिटीमा पूर्व एमालेबाट २६ र माओवादी केन्द्रबाट १९ तथा गाउँपालिकाको २९ सदस्यीय कमिटीमा पूर्व एमालेबाट १७ र माओवादीबाट १२ रहने गरी गठन गरेको छ । वडामा कमिटी चयन भएपनि महानगरसहित चार गाउँपालिकाका अध्यक्ष र सचिव भने अझै टुङ्गिन सकेको छैन ।

    महानगर कमिटीको अध्यक्षको जिम्मेवारी पार्टी केन्द्रको सचिवालयले टुङ्गो लगाउने भएकाले नेतृत्व चयन हुन बाँकी रहेको जिल्ला इञ्चार्ज गुरुङले बताए। वडाका इञ्चार्ज र सहइञ्चार्ज भने प्रदेश कमिटीले तोक्ने बताइन्छ ।

    महानगर कमिटीको नेतृत्व पाउनेले एउटा गाउँपालिका लिनुपर्ने पूर्व माओवादीले बताउँदै आएको छ भने पूर्व एमालेले महानगर जसको भागमा परेपनि गाउँपालिका दुईरदुई गरिनुपर्ने माग गरेको छ ।

    नेकपाले वडा कमिटी चयनसँगै आगामी मङ्सिर १४ गते क्षेत्र नं २ मा हुने उपनिर्वाचनको तयारी शुरु गर्ने भएको छ । सरकारले गरेका कामको जनस्तरमा लैजाँदै उपनिर्वाचनमा होमिने बताउँदै इञ्चार्ज गुरुङले भने, “पार्टीको तल्ला कमिटी गठनसँगै उपनिर्वाचनमा होमिन्छौँ । हाम्रो पार्टीको नेतृत्वमा रहेका तीनै तहका सरकारका काम जनतामाझ लगेर मत माग्छौँ ।”

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology