बुधबार, अशोज १, २०७६

माटोले जे खोज्छ, बजारले के खोज्छ त्यै गर्नुस् : मन्त्री पद्माकुमारी अर्याल

  • प्रकाशित मिति : शनिबार, भदौ २८, २०७६



  • काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्‍माकुमारी अर्यालले माटोको विशेषता, बजारको आवश्यकताअनुसार सहकारीकर्मी अगाडि बढ्नुपर्ने बताएकी छन् । शुभप्रवा बचत तथा ऋण सहकारी संस्थाको दसौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री अर्यालले सहकारीलाई कमाउने धन्दा मात्रै बनाउन नहुने बताइन्। सदस्यको हितलाई पहिलो प्राथमिकता राखेर सहकारीले काम गर्नुपर्ने उनले बताइन् । सहकारी अभियान कौशीमा भएकालाई पिंढीमा झार्ने नभई पिंढीमा भएकालाई कौशीमा उकाल्ने अभियान भएको उनको भनाइ थियो ।

    ३४ हजार ५१२ सहकारीमध्ये आधाजति बचत तथा ऋण सहकारी संस्था रहेको उनले उल्लेख गरिन् । त्यसकारण मन्त्रालयले मर्जरको अभियान सञ्चालन गरेको उनले स्पष्ट पारिन् । बचत तथा ऋण सम्बन्धी काम गर्ने संस्थाले पनि अब काम गर्ने तरिका बदल्ने अवस्था आएको उनको भनाइ थियो । ‘अब सबै सहकारीलाई उत्पादनमूलक क्षेत्रमा लगाउने कानुन बनाउँदै छौ । अबको कानुन आजको आवश्यकता पूरा गर्ने हो । सहकारीको हातखुट्टा बाँधेर प्रगति हुँदैन’, उनले भनिन्, ‘माटोले जे खोज्छ बजारले के खोज्छ त्यै गर्नुस् । भएको पैसा उत्पादनमूलक कार्यमा लगाउनुस र बढीभन्दा बढी युवालाई रोजगारी दिनुस ।’ पुरानो कानुनले आजको सहकारीको आवश्यकता पूरा नगर्ने उनको भनाइ थियो । सहकारी ऐन २०७४ ले समेट्न नसकेका कुरा समेट्न ऐन संशोधन गरिने उनले सुनाइन् । ज्ञानज्योति महिला उत्थान बचत तथा ऋण सहकारी संस्थाको १७ औं वार्षिक साधारणसभामा उनले अब बचत तथा ऋण सहकारीले पनि निश्चित उद्देश्य लिनुपर्ने बताएकी थिइन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology