बिहिबार, मंसिर २६, २०७६

का‌ंग्रेसका साथीहरु कुप्रचारमा नलाग्नुस्, बरु चिनकाे विकास र प्रगति सिक्नुस्: देवेन्द्र पौडेल

  • प्रकाशित मिति : बुधबार, अशोज ८, २०७६



  • काठमाडौं । सत्तारुढ नेकपाका स्कुल विभागका उपप्रमुख देवेन्द्र पौडेलले नेपाली कांग्रेसलाई चिनीयाँ कम्युनिष्ट पार्टीका प्रतिनिधिहरुसँग भएको छलफललाई लिएर अनावश्यक प्रचारबाजी नगर्न अनुरोध गरेका छन् । राजधानीको एक कार्यक्रममा बोल्दै उनले कांग्रेसले गरेको अनावश्यक प्रचारबाजीले छिमेकी मुलुक चिनको अपमान हुने बताएका हुन् ।

    ‘हामीले चिनीयाँ कम्युनिष्ट पार्टीका प्रतिनिधिहरुसँग तीन दिन छलफल गर्यौ । त्यसको प्रमुखप्रतिपक्षी दलका साथीहरुले नेकपा र वर्तमान सरकारलाई नै चिनप्रस्थ भयो भनेर विरोध गर्नुभएको सुनियो । तर चिनीया कम्युनिष्ट पार्टीका प्रतिनिधिहरुले कहि कतै रौंचिरा पनि तिमीहरुले हाम्रो ‘सी विचारधारा’ मन्नुपर्छ, मान्नुस भन्नु भएको छैन् ।’ उनले भने, ‘हामी कम्युनिष्टहरुले नै हो नेपालमा करिव ८० प्रतिशत संवैधानिक व्यवस्था वेलायतको अनुसार गरको । कांग्रेसका साथीहरुलाई भन्न चाहन्छु, मानव अभिकार, बालिग मताधिकार, शक्ति पृथकिरणको सिद्धान्त, प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका चिनियाँ कम्युष्टि पार्टीले दिएको होइन ।’

    विपी कोइरालाले लेनिन र रुस पढेर लाकलान्तिक समाजवाद ल्याएको कुरा स्मरण गराउदै उनले कांग्रेसका साथिहरुलाई एक पटक चिन पनि अध्ययन गर्न आग्रह गरे । अहिलेको चिनलाई बुझ्न पनि चिनियाँहरुको कुरा सुन्न जरुरी भएको उनले प्रष्ट पारे ।

    लोकतान्त्रिक प्रतिस्पर्धाको युगमाको रेडिमेड विचार र अडान लिएर बस्ने हो भने नेपालको प्रगति हुननसक्ने उनको धारणा थियो । उनले भने, ‘हामीले विजेपी र मोदीको विकास सिक्न हुने, जापान र अमेरिकाको विकासबाट सिक्न हुने अनि चिनिको विकास र प्रगति सिक्न कनि नहुने भन्दै प्रश्नसमेत गरे ।’

    उनले नेपालको विकासका लागि चिन र भारत दुवै देशका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको बातावरण बनाउन सक्नुपर्ने बताए । नेपालको सार्वभौमिकतालाई ख्याल गरेर हामी अगाडि बढ्ने कुरामा चनाखो हुनुपर्छ । तर पुर्वाग्रहपूर्वक अब नेकपा चिनीयाँ कम्युनिष्ट पार्टीको भातृसंगठन नै बन्यो, लौ बर्बाद भयो भनेर अनावश्यक कुरा प्रचार गर्न आवश्यक छैन् । उनले भने, ‘चिनियाँ कम्युनिष्ट पार्टीको एक्काइसौं शताब्दीको सबैभन्दा ठूलो शस्त्रु भ्रष्टचार हो, हामी त्यसको विरुद्ध लडिरहेका छौं भनेर चिनियाँ प्रतिनिधिहरुले भने । यो कुरा सुन्नु सिक्नु के नराम्रो कुरा भयो ।

    नेपाली कांग्रेसका नेता एकपी साउँदतर्फ संकेत गर्दै नेपा पौडेलले भने, ‘नेकपाले चिनियाँ कम्युनिष्टले राज्य चलाउन यस्तो नीति बनाएको रहेछ । हामी त्योबाट प्रभावित भर्यौ । अब संविधान संसोधन गरेर त्यही प्रणाली लागु गछौं भनेर प्रस्तव ल्यायौं भने त्यतिवेला विरोध गर्नुहोला । तपाईहरु पनि संसदमा हुनुहुन्छ ।’ उनले भने, चिन पसिसक्यो, ‘तपाईहरुले वर्वाद गर्नुभयो भनेर वाइयात कुरा गर्ने । हामी पञ्चशीलको सिद्धान्त, असंलग्नता र सयुक्त राष्ट्रसंघको बडापत्रप्रति प्रतिवद्ध छौं ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology