बिहिबार, मंसिर २६, २०७६

बढी शुल्क लिने कलेज सञ्चालकको धम्की ‘मन्त्री नै हटाइदिन्छौं’

  • प्रकाशित मिति : शुक्रबार, अशोज १०, २०७६



  • काठमाडौं। निजी मेडिकल कलेज सञ्चालकहरूले आफूहरूले हाकाहाकी सरकारले तोकेको भन्दा प्रतिव्यक्ति ७ लाख रुपियाँ बढी शुल्क लिएको स्वीकारेका छन्। यतिमात्र हैन उनीहरूले शुल्क फिर्ता गर्न बाध्य पारे शिक्षामन्त्री नै हटाइदिने धम्की दिएका छन्।

    बिहीबार आयोजित एक कार्यक्रममा निजी मेडिकल कलेजहरूको सचिवसमेत रहेका नोबेल मेडिकल कलेजका सञ्चालक सुनील शर्माले सरकारले ४२ लाख ४५ हजार शुल्क तोके पनि आफूहरूले ४९ लाख ९० हजार शुल्क लिएको स्विकार्दै धम्की दिए– ‘विश्वविद्यालयका डीनकै सल्लाहमा बिल काटेर लिएका हौं। हामीले गरेअनुसार नभए शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई नै हटाइदिन्छौं।’

    सोही अवसरमा एसोसिएसन अफ प्राइभेट मेडिकल तथा डेन्टल कलेज अफ नेपालका अध्यक्ष बसुरुद्धिन अन्सारीले यथास्थितिमा एमबीबीएस तथा बीडीएसमा विद्यार्थी भर्ना नलिने बताउँदै भने– ‘सरकारले एमबीबीएसमा उपत्यकाभित्र ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ४५ हजार तथा बीडीएसमा १९ लाख ३२ हजार ६१२ रुपैयाँ शुल्क तोकेको छ। यो शुल्कमा सरकार आफैले पढाएर देखाओस्।’ नेपाल समाचारपत्रमा यो खबर छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology