बिहिबार, मंसिर २६, २०७६

राष्ट्रपति ‘सी’को संबोधनमा प्रस्फुटित अपनत्वभावहरु

  • प्रकाशित मिति : सोमवार, अशोज २७, २०७६



    • डा‍. लाेचन बटाला

    टिप्पणी

    निकै लामो समयदेखि नेपाली जनमानसहरुको बहुप्रतिक्षीत चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण यहि असोज २५ मा भैसहँदा स्वभाविक रुपमा राष्ट्रिय तथा अन्तराराष्ट्रिय गौरवको विषय हो । विश्वराजनीतिको निकै छोटो समयमा राजनीतिक, आर्थिक, सांस्कृतिक, वैज्ञानिक तथा सैन्यरुपमा सफल नेतृत्व गरीरहेको चीनले माओपछिकै सबैभन्दा चर्चित र सफल नेतृत्व सीलाई पाएको छ । सी माओपछि चिनियाँ जनताले सबैभन्दा विस्वास गरेको नेता पनि हुन् । उहाँ विश्वमा सबैभन्दा बढी अन्तरराष्ट्रिय भ्रमण गर्ने नेताको अग्रपंतीमा आउनुहुन्छ । आफ्नो रानीतिक जीवनकालको महत्वपूर्ण अन्तरराष्ट्रिय भ्रमणका क्रममा गरिने सम्बोधन सीका लागि नयाँ विषय पक्कै होइन । विश्व नेताका छवी बनाएका अनुशासीत र गंभिर स्वभावका सीले नेपाल भ्रमणमा आइपुग्नुभन्दा पहिले नै नेपाल र नेपालीलाई सम्बोधन गरी लेखिएको आलेख सरल र आफ्नोपन झल्कीने र नयाँ थियो ।

    व्यस्त समय तालिकामा भारत भ्रमण सकेर यात्राको थकावटको बाबजुद जब राष्ट्रपति सी त्रिभुवन अन्तरराष्ट्रिय विभानस्थलमा झुल्किनुभयो । सी आगमनको पहिलो दृश्य, त्यो दुर्लभ क्षण लाग्थ्यो उहाँलाई नेपालको भूमीमा टेकाउन पाउँदा नेपालीहरु जति खुसी देखिन्थे त्यो भन्दा धेरै खुसी नेपालको भूमिमा टेक्न पाउँदा सी थिए । नेपाल सरकारले सीलाई गरेको औपचारिक सम्मानभन्दा बढी सीले यात्रा गरिरहेको सडकको दायाँ बायाँ उभिएर नागरिकहरुको सभ्य र सांस्कृतिक हर्षभावको अभिनन्दन प्रकट नेपाल भ्रमणमा आएका अरु कुनै विदेशी नेतालाई सायदै गरिएको थियो । यो भ्रमणको राजनीतिक, आर्थिक, र रणनीतिक लाभ निश्चय पनि नेपाल सरकरको तयारीमा निर्भर होला र यसबारेमा अबको केही महिनासम्म नेपालको संचार माध्यममा छाउने कुरामा दुईमत छैन । मानव जीवनमा आत्मीयता र आत्मरम्मान सबैभन्दा महत्वपूर्ण पक्ष हुन् । आर्थिक अभिलासा आवश्यकता पुरा गर्ने साधन हुन् । जब विश्वास र आत्मीयता हुन्छ, अन्य साधनहरु सायक र सरल हुने गर्दछ ।

    नेपाल कि राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको रात्री भोजमा चिनियाँ राष्ट्रपति सीले नेपाली भाषा नमस्तेबाट शुरु गरेको सम्बोधन सायदै उक्त भोजमा उपस्थित नेपाली नेता तथा विशिष्ट व्यक्तिहरुले बुझे होलान । सम्बोधनका क्रममा सीले प्रसँग बस बुझिने गरी दोहोर्याएर सम्बोधनको अन्तिममा नेपाली भाषामै भने- ‘चिनियाँ लवजमा नेपाल चीन मित्रता जिन्दावाद !’

    मलाई लाग्छ चिनियाँ राष्ट्रप्रमुखहरुले अन्तरराष्ट्रिय मञ्चमा यसरी अन्य राष्ट्रको भाषा थोरै पनि प्रयोगमा ल्याउँदैनन् । त्यस हिसाबले भन्न सकिन्छ कि चीन र राष्ट्रपति सी नेपाल र नेपाली जनतालाई नजिकको ठान्दछन् । आत्मीयता महशुस गर्दछन् । सम्बोधनको छोटो समयमा सीलाई औपचारीकभन्दा बढी अनौपचारिक देखियो । सरारमा भन्दा पारिवारिक मनोभाव सीमा देखिनु वास्तवमा नेपाल र नेपालीलाई चीनले एक असल छिमेकी र आत्मीय दाजुभाईको रुपमा लिएको छ । सीभ्रमणको भूराजनीतिक, आर्थिक र राजनीतिक पक्षका निष्कर्ष विज्ञहरुले समयक्रममा विस्तारै उजागार गर्दैजालान । आत्मीयता र आपसी सद्भाव हिसाबले अति नै सफल सीको नेपाल भ्रमण भविष्यका लागि पनि अविष्मरणीय उदाहरण बन्नेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology