बिहिबार, मंसिर २६, २०७६

दर्शन परिचय: ..जसको आधारमा सम्पूर्ण संसारलाई जान्न गर्नसकिन्छ

  • प्रकाशित मिति : सोमवार, कार्तिक ११, २०७६



    • रमेश सुनुवार

    दर्शन त्यो मूल सत्ताको ज्ञान वा खोज हो, जसको आधारमा सम्पूर्ण संसारलाई जान्न र तार्किक व्याख्या गर्नसकिन्छ ।

    ‘दर्शन’ शब्द संस्कृत भाषाको दृश् धातुबाट बनेको छ, जसको अर्थ हेर्नु हुन्छ । हेर्ने क्रिया दृष्टि इन्द्रियसँग सम्बन्धित छ । र, दृष्टि इन्द्रिय पाँच ज्ञानेन्द्रियहरुमध्ये सवैभन्दा उत्कृष्ट हुन्छ, सवैभन्दा माथि हुन्छ । यो तथ्यलाई एउटा कथाद्वारा स्पष्ट पार्नसकिन्छ ।

    अन्धाहरुले एउटा हात्ती भेट्टाउँछन् । एउटा अन्धाले त्यो हात्तीको कान छामेर भन्छ– हात्ती नाङ्लोजस्तो छ । अर्को अन्धाले त्यसको पेट छामेर भन्छ– हात्ती भित्ताजस्तो छ । त्यसैगरी अर्को अन्धाले हात्तीको खुट्टा छामेर भन्छ– हात्ती त थामजस्तो छ । र, अर्को अन्धाले हात्तीको पुच्छर छामेर भन्छ– हात्ती लहरोजस्तो छ । तर कसैले पनि हात्तीको वास्तविक स्वरुप बताउन सक्दैन । त्यसको कारण के हो भने उनीहरुसँग आँखा छैन अथवा दृष्टि छैन, जसद्वारा मात्र हात्तीको वास्तविक स्वरुप जान्न सकिन्छ ।

    दृष्टि इन्द्रियको यही महत्वलाई बुझेर सम्पूर्ण वस्तुगत जगतको समग्र ज्ञान प्रदान गर्ने शास्त्रलाई दर्शन भनिएको हुनसक्छ ।

    अंग्रेजीमा दर्शनलाई उजष्यिकयउजथ भनिन्छ । यो शब्द ग्रिक भाषाबाट आएको हो, जुन दुई शब्दहरु मिलेर बनेको छ– उजष्यि र कयउजष्ब । ग्रिक भाषामा उजष्यि को अर्थ प्रेम र कयउजष्ब को अर्थ ज्ञान हुन्छ । त्यसकारण उजष्यिकयउजथ को अर्थ ‘ज्ञानको प्रेम’ हो । प्राचीन कालमा यसले सम्पूर्ण ज्ञान–विज्ञानलाई बुझाउँदथ्यो ।

    दर्शन त्यो मूल सत्ताको ज्ञान वा खोज हो, जसको आधारमा सम्पूर्ण संसारलाई जान्न र तार्किक व्याख्या गर्नसकिन्छ ।

    उदाहरणको लागि, प्राचीन कालका यूनानी दार्शनिक थेलिजले तत्वलाई, पिथागोरसले संख्यालाई र डेमोक्रिटसले परमाणुलाई मूल सत्ता मानेका थिए र तिनीहरुको आधारमा उनीहरुले सम्पूर्ण संसारलाई जान्ने र व्याख्या गर्ने प्रयास गरेका थिए ।

    प्राचीन कालका दार्शनिकहरुले खोज गरेका वस्तुहरु (तत्व, संख्या र परमाणु) कति मूलभूत सत्ता थिए र तिनीहरुको आधारमा संसारको कति गर्न सकिन्छ भन्ने कुरा केही उदाहरणबाट बुझ्न सकिन्छ ।

    तत्व
    तत्वको आधारमा सम्पूर्ण संसारको ९सम्पूर्ण वस्तुहरुको० व्याख्या गर्न सकिन्छ भन्ने कुराको प्रमाण वा दृष्टान्त आधुनिक रसायन विज्ञानले भव्य रुपमा प्रस्तुत गरेको छ । जस्तो कि प्रकृतिमा हाइड्रोजन, हेलियम, लिथियम, बेरिलियम, बोरोन, कार्बोन, आदि ९२ तत्वहरु छन् । यी तत्वहरुबाटै संसारका सम्पूर्ण वस्तुहरुको निर्माण ९उत्पत्ति० भएको छ । त्यसकारण प्रकृतिमा द्यिमान ९२ वटा तत्वहरुको ज्ञान भएपछि तिनीहरुबाट बनेका सम्पूर्ण जस्तुहरुको व्याख्या गर्न सम्भव हुन्छ ।

    संख्या
    संसारमा जति पनि विविधताहरु छन्, तिनीहरुको कारण संख्यात्मक भिन्नता हो । उदाहरणको लागि, इन्द्रेणीमा देखिने सात रङ्गहरु एउटा प्रकाशका तरङ्ग–लम्बाइहरुबाट उत्पन्न हुन्छन् । ९२ वटा अलग–अलग तत्वहरुका परमाणुहरुका संघटकहरु उही हुन्छन्– इलेक्ट्रोन, प्रोटोन र न्युट्रोन । तर ती परमाणुहरु एक–अर्कोबाट भिन्न हुन्छन् । तिनीहरुको भिन्नताको कारण इलेक्ट्रोनको संख्या हो । जस्तो कि हाइड्रोजनको परमाणुमा एउटा इलेक्ट्रोन हुन्छ, हेलियमको परमाणुमा दुईवटा इलेक्ट्रोनहरु हुन्छन् र लिथियमको परमाणुमा तीनवटा इलेक्ट्रोनहरु हुन्छन् । परिणामस्वरुप समान संघटकहरुबाट बनेका परमाणुहरु पनि तिनीहरुको संख्यात्मक भिन्नताको कारणले एक–अर्कोबाट भिन्न हुन्छन् ।

    परमाणु
    परमाणु कति मूलभूत वस्तु हो भन्ने कुरा एउटा प्रसंग उल्लेख गर्नु नै पर्याप्त हुन्छ । प्रसिद्ध अमेरिकी वैज्ञानिक रिचर्ड फेनम्यानले, जो परमाणु विज्ञानका विशेषज्ञ हुन्, भनेका छन्– ‘यदि डाल्टनको परमाणु सिद्धान्तलाई छोडेर बाँकी सम्पूर्ण ज्ञान–विज्ञानलाई नष्ट गरियो भने पनि कुनै फरक पर्दैन । किनभने त्यसको आधारमा मानिसहरुले सम्पूर्ण ज्ञान–विज्ञान सजिलैसँग पुनः सृजना गर्न सक्नेछन् ।’

    तर प्राचीन कालका दार्शनिकहरुले खोज गरेका वस्तुहरुको आधारमा सम्पूर्ण संसारको व्याख्या गर्न सकिँदैन । किनभने पहिलो कुरा, उनीहरुले जसलाई मूल वस्तु मानेका थिए, तिनीहरु पूर्णतया मूलभूत थिएनन् । उदाहरणको लागि, तत्ववादीहरुले पृथ्वी, जल, अग्नि र वायुलाई तत्व मानेका थिए, जसमध्ये कुनै पनि तत्व होइनन् । दोस्रो कुरा, उनीहरु दर्शनको वाल्यावस्थामै थिए, त्यसकारण उनीहरु त्यति धेरै गहि¥याइमा पुग्न सम्भव थिएन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology