बिहिबार, मंसिर २६, २०७६

महराको विकल्प अब के ?

  • प्रकाशित मिति : सोमवार, कार्तिक १८, २०७६



  • काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई साधारण तारेख या धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंले अस्वीकार गरेको छ । न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले जबर्जस्ती करणी उद्योग मुद्दामा पुर्पक्षका लागि महरालाई थुनामा पठाएको छ । महराका लागि अब के विकल्प छ त ?

    जिल्ला अदालतको आदेश चित्त नबुझे उनी १७ नम्बर निवेदन लिएर उच्च अदालत जान पाउँछन् । उच्चले जिल्लाको आदेशमा पुनर्विचार या त्यसलाई नै सदर गर्न सक्छ । त्यहाँ पनि चित्त नबुझे सर्वोच्चसम्म पुग्ने विकल्प छ । नभए जिल्लाको फैसला कुर्नुपर्ने हुन्छ ।

    संघीय संसद् सचिवालयकी एक कर्मचारीलाई यौन दुव्र्यवहार गरेको अभियोगमा महरा पक्राउ परेका थिए । अभियोग लागेपछि नै उनले सभामुख पदबाट राजीनामा दिएका थिए । सांसद पदबाट भने उनको राजीनामा आएको छैन । नेकपा सचिवालय बैठकले दुवै पदबाट राजीनामा दिन निर्देशन दिएको थियो । तर, सचिवालय बैठकको निर्देश अटेर गर्दै उनले सांसद पदबाट राजीनामा दिन अस्वीकार गरेका थिए ।

    संसद सचिवालय असोज २३ गते एक सूचना निकाल्दै फौजदारी अभियोग लागेका महराको सांसद पद निलम्बन गरेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology