बिहिबार, मंसिर २६, २०७६

नैतिक पतन काम गरेर महराले मलाई समेत ढाट्नु भयो–प्रचण्ड

  • प्रकाशित मिति : बुधबार, कार्तिक २०, २०७६



  • काठमाडौं । प्रहरी र कारगार गरी एक महिना जेलमा विताइसकेपछि प्रमुख सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निवर्तामान सभामुख कृष्णबहादुर महराका बिषयमा औपचारिक प्रतिक्रिया दिएका छन् ।

    जनयुद्धदेखि नै प्रचण्डका अति विश्वास पात्र महरा बलात्कार काण्डमा कारागार छन् । अदालतको आदेशबाट पूर्वपक्षका लागि थुनामा रहेका महराले नैतिकरुपमा पतित काम गरेको प्रचण्डले प्रतिक्रिया दिएका छन् ।

    महराको निर्वाचन क्षेत्र दाङ पुगेका प्रचण्डले महराबाट नैतिक रुपमा गल्ती भएको बताए । ‘उहाँले नैतिकरुपमा निकै ठुलो गल्ती गर्नुभएको छ, कानुनअनुसार उहाँलाई कारवाही हुन्छ’ बुधबार प्रेस संगठनले दाङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रचण्डले गल्तीअनुसारको कारवाही महराले भोग्ने बताए ।

    महराप्रति उनी असन्तुष्ट नै देखिएका छन् । महराले आफुलाई समेत झुट बोलेको बताए । ‘कुरा बाहिर आएपछि मैले सोधेको थिएँ’ तर उहाँले मलाई समेट ढाँट्नु भयो’ प्रचण्डले भने । महराले गम्भीर गल्ती गर्दा नेतृत्व समेतलाई ढाँटेको उनले बताए ।

    महरालाई राजनीतिक संरक्षण नगर्ने प्रचण्डले बताएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology