बिहिबार, मंसिर २६, २०७६

पशुपति शमशेरको हात समातेर रेखा थापा हिन्दूराष्ट्र जागरण अभियानमा

  • प्रकाशित मिति : बिहिबार, कार्तिक २८, २०७६



  • काठमाडौं । नेपाली चलचित्रकी अभिनेत्री रेखा थापा हिन्दू राष्ट्र निर्माणको अभियानमा जुटेकी छिन् । चलचित्रबाट राजनीतिमा, पूर्वमाओवादीबाट राप्रपा संयुक्तमा पुगेकी अभिनेत्री थापा हिन्दू राष्ट्र जागरण अभियानका लागि जनकपुर पुगेकी छिन् ।

    राप्रपा संयुक्तले सबै धर्मबीच समानता, पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्म सापेक्ष हिन्दू मुलुक बनाउन जनकपुरबाट धार्मिक जागरण अभियान सुरु गरेको छ। धार्मिक जागरण अभियानमा पुगेकी थापाले अध्यक्ष पशुपति शमशेर राणाको हात नै समातेर हिड्न थालेकी छिन् ।

    अभियानमा राप्रपा संयुक्तका नेताहरु राणा, प्रकाशचन्द्र लोहनी सहभागी छन् । केन्द्रीय नेताहरु पुगेको हिन्दू जागरण अभियानमा रेखाले अध्यक्ष पशुपति शमशेर राणाको हात नै समातेर हिडेको तस्विर सार्वजनिक गरेकी छिन् ।

    उनले धार्मिक यात्राको आरम्भका तस्विरहरु सामाजिक सञ्जाल फेसबुकमा राखेकी छिन् । ‘जनकपुरबाट धार्मिक यात्रा सुरु’ भन्दै तीन तस्विर सार्वजनिक गरेकी छिन् ।

    बिहीबारबाट सीताको जन्मभूमि जनकपुरबाट सुरु भएको धार्मिक यात्रा चितवनको वाल्मिकी आश्रम हुँदै भगवान् बुद्धको जन्मस्थल लुम्बिनी पुगेर जनकपुर–लुम्बिनी पुगेर सम्पन्न गर्ने राप्रपाले बताएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology