बिहिबार, मंसिर २६, २०७६

कालापानी विवाद: सरकारका लागि अवसर र चुनाैति

  • प्रकाशित मिति : बिहिबार, कार्तिक २८, २०७६



  • दिपक बुढाथोकी, विद्यार्थी नेता

    टिप्पणी

    केही वर्ष अगाडिको नाकाबन्धीले भारतविरुद्ध सबै नेपालीलाई एक ठाउँमा ल्याएको थियो । पहिलो पटक प्रधानमन्त्री हुँदा नेपाली जनतालाई नाकाबन्दीको उपहार दिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो पटक प्रधानमन्त्री भएपछि नेपालको भूमि कालापानी, सुस्ता र लिम्पियाधुरा भारतको नक्साभित्र पारेर आफ्नो विस्तारवादी असली रुप देखाएका छन् । मोदीको यो कुकर्मले फेरि सबै राजनीतिक दलसमेत एक भएर त्यसको विरोध गरिरहेका छन् । यो पक्ष सकारात्मक छ । तर राष्ट्रियताको नाममा उग्रतातर्फ आन्दोलन गयो भने त्यसले नेपाललाई नै क्षति पुर्योउन सक्छ । आन्दोलनका नेतृत्व गरिरहेको नेतृत्वपक्तिं त्यतातर्फ पनि सचेत रहनुपर्छ ।

    हामीले विगतका भारतविरोधी आन्दोलनहरुको यो बेला समिक्षा गर्नु जायजै हुन्छ भन्ने मलाई लागेकाले यो छोटो टिप्पणी उठाउने जमर्को गरेको हुँ । ऋतिक रोशन काण्डलाई फरक रुपमा आन्दोलनको स्वरुप दिएर २०५७ सालमा तराई पहाड़ बिभाजन गर्ने सम्मको उदन्ड आवाज भर्न पश्चिमा शक्तिहरु सफल भएका थिए । उक्त काण्ड विरुद्ध भएको आन्दोलनलाई विकृत बनाउन केहि अरास्ट्रीय तत्व सफल भए। अहिले भैरहेको राष्ट्रियताको आन्दोलनमा पनि त्यस्तै प्रकारको अनैतिक क्रियाकलाप हुने र राष्ट्रियताको आन्दोलन नै धरापमा पर्ने खतराप्रति सच्चा राष्ट्रभक्त नेपालीले बेलैमा होस् पुर्याउनु पर्छ ।

    यतिवेला भारतले सीमा मिचेको विषयमा जताततै आन्दोलन र विरोध भैरहेको छ । जनताको तहबाट गर्नुपर्ने भन्दा कम भएको छैन भन्ने लाग्छ । तर सरकारले निर्णायक पहल नगर्ने हो र नागरिक भारतविरुद्ध आन्दोलित भैरहे हो भने देश भाँडभैलो तर्फ जाने खतरा हुन्छ । केहि संकेत देखिन पनि थालेको छ । भारतीय दुतावास अगाडि मोदीको पुत्ला जलाउँनु, पाकिस्तान जिन्दावाद भन्नु जस्ता अस्वभाविक हरकतले जानाजान राष्ट्रियताको नाममा देशलाई दुर्घटनातर्फ धकेल्ने संकेतप्रति व्यवास्था गर्न मिल्दैन । नेतृत्वले थेग्न र व्यवस्थापन गर्न सकेन भने आन्दोलनले अराजकताको रुप लिन्छ । त्यसले मुलुकको हित गर्दैन । त्यसकारण राष्ट्रियताको सवाल अहिले जे भैरहेको छ, त्यसलाई सरकारले नै जिम्मेवारी पूर्वक कुटनीतिक मुभ गर्नुपर्दछ । त्यति गर्दा पनि भारतले टेरेन भने यस मुद्धालाई अन्तर्राष्ट्रियकरण गर्नु नेपालको हितमा हुन्छ ।

    अहिलेको सीमा समस्याको समाधान यस्तै प्रकारको आन्दोलनले मात्र निकास दिन सक्दैन । भारत विरूद्ध एकीकृत राष्ट्रवाद प्रयोग गर्ने पश्चिमी षड्यन्त्रलाई असफन बनाउँदै भारतसँग कुटनीतिक वार्तामार्फत नेपाल भारतको सीमा समस्याको समाधान गर्नुपर्छ । उग्रराष्ट्रवादले नेपालजस्तो कमजोर सैन्य शक्ति भएको देशको राष्ट्रियता जोगाउन सजिलो हुँदैन । सबै प्रकारको सीमा समस्या दुबै देशको बार्ता र छलफलबाट मात्र सम्भव छ। नेपालीमा एउटा उखान छ,  ‘भुँइको टिप्दा गोजिको पनि खस्न सक्छ ।’ कालापानी, लिम्पियाधुरा र लिपुलेक फर्काउने अहिलेकाे आन्दाेलन त्यस्ताे नबनाेस् । सरकारकाे बेलैमा होस पुगाेस् । सीमा समस्याका सवालमा नेपाल सरकारले अन्तराष्ट्रिय शक्ति सन्तुलन गर्दै अहिलेको राष्ट्रियताको आन्दोलनलाई नेपालकाे जित हुनेगरी अगाडि बढाउन जरुरी छ ।

    नेपाल भारतबीचको सीमा सुरक्षा पुरानै मामिला हो । नेपाल सरकारले योभन्दा अघि भारत सरकारसँग सीमा समास्याबारे प्रभावकारी वार्ता गर्न सकेको छैन । बरु यहि मौकामा खुट्टा नकमाइ प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्रीसँग कुटनीतिक टिम बनाएरै वार्ता गर्नबाट चुक्नु हुँदैन् । याे मुद्दा वर्तमान सरकारका लागि अवसर र चुनाैति दुवै हाे । चुकेको खण्डमा नेपाल र नेपाली जनताप्रति धोका हुन्छ । जनताबाट धेरै आलाेचना खेपिरहेकाे वामपन्थी सरकार याे विषयमा चुक्याे भने झन संकटमा पर्ने निश्चित छ । तर, भारतसँग कुटनीतिक वार्ता गरेर सीमा समस्याकाे दिर्घकालिन समाधान निकाल्न सकेमा बाम सरकारप्रति जनताकाे विश्वास र भराेसा अझ धेरै बढेर जाने छ । वेलैमा सबै जिम्मेवार बनौं ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology