बिहिबार, मंसिर २६, २०७६

युरोपमा प्रदर्शन हुँदै सन्तोष लोहनीको शुभलभ

  • प्रकाशित मिति : मङ्लबार, मंसिर ३, २०७६



  • काठमाडौं । सन्तोष लोहानीद्धारा निर्देशित चलचित्र ‘शुभलभ’ गत वर्ष चैत १५ गतेदेखि नेपाली हलमा प्रदर्शन भएको थियो । चलचित्रका मुख्य कलाकार हरिहर अधिकारी र नवनायिका कृस्टिन पौडेलले यसै फिल्मबाट डेब्यु गरेका हुन्। हरिहर चर्चित ज्योतिष हुन् भने कृस्टिन मिसटिन–२०१७ की विजेता हुन्।

    बुद्ध इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता धर्मराज सुवेदी हुन् । चलचित्रमा पुराना कलाकार सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र, रविन्द्र झा, प्रदिप बास्तोला, अनुज पाण्डे, सूर्या थापालगायतको मुख्य भूमिका छ। प्रेम कथामा आधारित चलचित्रमा दर्शकहरू कमेडिबाट पनि भरपुर आनन्द लिन सक्ने छन्। कथा प्रेममा आधारित छ।

    फिल्मले राम्रो प्रतिक्रिया पाएको भन्दै निर्देशक लोहनी हौसिएका थिए। कलाकार दीपाश्री निरौलाले फिल्म हेरेपछि एकदमै राम्रो भएको प्रतिक्रिया दिएकोे लोहनी सम्झन्छन्। यस्तैं साझा पार्टीका संयोजक रवीन्द्र मिश्र, कलाकार निर्मल शर्मा, पर्यटन व्यवसायी विश्वेश श्रेष्ठलगायत थुप्रैले फिल्म निकै उत्कृष्ट रहेको प्रतिक्रिया दिएको उनको भनाइ छ।

    लोहनी वास्तवमै नेपाली चलचित्र क्षेत्रको विकासका लागि केही गर्नुपर्छ भन्ने सोचमा छन्। ‘म अन्य व्यवसाय पनि गर्छु। मलाई आर्थिक रुपमा फिल्म बनाएर सक्षम बन्छु भन्ने छैन। म आफ्नो लागि मात्रै सोच्दिनँ,’ उनले नेपालन्युजसँगको कुराकानीमा भने, ‘मेरो सोच भनेको सिंगो नेपाली चलचित्र बजारलाई कसरी माथि उठाउने भन्ने हो, म अहिले त्यसैमा लागि परेको छु।’

    नेपालको सानो बजारमा हुने अस्वस्थ प्रतिस्पर्धाले आफ्नो फिल्म ओझेलमा परेको उनको अनुभव छ। त्यही भएर उनले फिल्मलाई युरोपमा विभिन्न देशमा लगेर प्रदर्शन गर्ने योजना बनाएका छन्। ‘देश–विदेश नेपाली चलचित्र’ नारासहित युकेका ६, जर्मनी ३, बेल्जियमका तीन, पोर्चुगलका पाँच, नर्वे, फिनल्यान्ड र स्पेनमा डिसेम्बर, जनवरी, फेब्रुअरीमा फिल्म प्रदर्शन गर्ने तयारी छ।

    यि शो प्रदर्शनका लागि एनआरएनए लगायत थुप्रै संघसंस्था र ति देशस्थित नेपालीहरूले सहयोग गर्ने लोहनीले बताए। विदेशमा बसेका दर्शकले पनि नेपाली फिल्म हेर्न पाउनुपर्छ भन्ने उनको मान्यता छ। सोही मान्यताअनुसार नेपाली फिल्म प्रचारप्रसारका लागि र नेपाल भ्रमण वर्ष २०२० लाई टेवा पुगोस् भन्ने उद्देश्यले उनले फिल्म विदेशमा प्रदर्शन गर्ने योजना बनाएको सुनाए।

    फिल्म नेपालमा सुन्दर पर्यटकीय गन्तव्यमा छायांकन गरिएको छ। हिमाल, तातोपानी कुण्ड, गौतम बुद्धको जन्मस्थल लुम्बिनी, देवघाट, पोखरालगायत देशका विभिन्न मनोरम स्शलमा फिल्म सुटिङ भएकाले यसले पर्यटक तान्ने उनको विश्वास छ।

    चलचित्रमा हरिहर अधिकारीको कथा, अभिमन्यू निरवीको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगीत, रामेश्वर कार्कीको छायांकन, रोशनविक्रम भट्टराईको एक्सन, कोरियोग्राफर रामजी लामिछाने, बनीष शाह र भूपेन्द्र अधिकारीको सम्पादन छ। यस चलचित्रका प्रस्तुत कर्ता प्रदिप उदय हुन्।

    यो चलचित्रका लाइन प्रोडिउसर प्रकाश कडरिया युरोप निवासी भएकाले पनि युरोपमा यो चलचित्र अत्याधिक नेपाली दर्शकले हेर्नेमा निर्मातारनिर्देशक विश्वस्त छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology