बिहिबार, मंसिर २६, २०७६

प्रदेश र स्थानीय तहको बिज्ञापन खोल्न लोकसेवाद्धारा अस्वीकार, करार नियुक्तिमा बाध्य

  • प्रकाशित मिति : शनिबार, मंसिर ७, २०७६



  • काठमाडौ. । संघिय लोकसेवा आयोगले बिज्ञापन खोल्न अस्वीकार गरेपछि प्रदेश र स्थानीय तहमा कर्मचारीको अभाव अझै थपिने भएको छ । लोकसेवा आयोगले स्थानीय र प्रदेश कर्मचारीका लागि बिज्ञापन खोल्न अस्वीकार गरेको छ ।

    स्थानीय र प्रदेश कर्मचारीका लागि प्रदेश लोकसेवाले बिज्ञापन खोल्नु पर्ने संबैधानिक ब्यवस्था छ । तर चार वटा प्रदेशले लोकसेवा आयोग नै गठन गरेका छैनन् । तीन वटा प्रदेशमा लोकसेवा आयोग गठन भएपनि कार्यविधि बनेको छैन । आयोग गठन गर्न र विधि बनाउन कम्तिमा एक बर्ष लाग्ने आयोग अध्यक्ष उमेश मैनालीले बताए ।

    पहिले प्रदेश आयोगको कानुन बनेको थिएन, संक्रमणकालिन ब्यवस्था गरेर हामीले बिज्ञापन परेका थियौ, तर अहिले कानुन बनिसकेको छ । अब संघिय लोकसेवाबाट प्रदेश र स्थानीय तकका कर्मचारीको बिज्ञापन गर्न मिल्दैन, मैनालीले भने ।

    संघिय लोकसेवाले बिज्ञापन नलिने भएपछि प्रदेश लोकसेवालाई बिज्ञापन लिन कम्तिमा एक बर्ष लाग्ने आँकलन गरिएको छ । एक बर्षपछि बिज्ञापन खोल्ने तहमा प्रदेश लोकसेवा गठन भएपनि पदपूर्ति गर्न अझै दुई लाग्ने आयोगका सदस्यहरु नै बताउँछन् ।

    कर्मचारीको अभाव झेल्दै आएका प्रदेश र स्थानीय तहले करारमा कर्मचारी नियुक्त पनि गर्न पाउँदैनन् । उनीहरुलाई करारमा कर्मचारी नियुक्त गर्न दिए आर्थिक अराजकता फैलिन निश्चित छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology