बिहिबार, मंसिर २६, २०७६

कृषि विकास बैंकबाट ३३ करोड ९३ लाख गायव, ८ जनाबिरुद्ध मुद्दा दायर

  • प्रकाशित मिति : सोमवार, मंसिर ९, २०७६



  • काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास बैंकको ३३ करोड ९३ लाख रुपैयाँ हिनामिना गर्ने ८ जनाबिरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । बैंकबाट गैरकानुनीरुपमा रकम निकालेको ठहर गर्दै अख्तियारले मुद्दा चलाएको हो ।

    अख्तियारले ३३ करोड ९३ लाख रुपैयाँ हिनामिना गरेको अभियोगमा स्वयम्भू शाखाका शाखा अधिकृत केदारप्रसाद गौतम, उनकी जेठी श्रीमती सम्झना पोखरेल, कान्छी श्रीमती जेनी श्रेष्ठ, उक्त बैंकका तत्कालीन शाखा प्रबन्धक भरतबहादुर बानियाँ, सूर्यबहादुर लिम्बु, कृष्णहरि थापा र सन्दीप गुप्ताविरुद्ध भ्रष्‍टाचारको मुद्दा दायर गरेको छ ।

    स्वयम्भूमा कार्यरत शाखा अधिकृत गौतम र रामेछाप घरभई हाल भारत बस्ने राजीव थापा भन्‍ने कृष्णहरि थापाको योजनामा २०७५ असोजमा कृषि बैंकको स्वयम्भु शाखामा केही दिनको अन्तरालमा चारवटा नक्कली खाता खोलेर रकम हिनामिना गरेको पुष्टी भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पनि अनुसन्धान गरेको थियो ।

    थापा १४ वर्षदेखि भारतमा बसोबास गरी त्यहीँको रासनकार्डधारी हुन् । उनका नाममा खाता खोल्न सकिदैन । नागरिकता प्रमाणपत्रमा सम्बन्धित खातावालको फोटो मात्र प्रयोग गरी बाँकी सबै विवरण झुटो भेटिएको थियो। केही नागरिकता प्रमाणपत्रको जारी मितिसमेत मिलेको, नागरिकतामा उल्लेखित ठेगाना अस्तित्वमै नरहेको, जारी भएको भनिएको सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जारी नै नभएको जनाएको ब्युरोले जानकरी दिएको थियो।

    बैंकमा कार्यरत गौतम र पन्तले आफ्नो पासवर्ड प्रयोग गरी उल्लेखित खातामा देशभित्रकै कृषि विकास बैंकका विभिन्न १७ वटा शाखाबाट रकम आएको देखाइ बदनियतरुपमा रकम जम्मा गर्ने गरेका थिए। जम्मा भएको रकम कृषि विकास बैंकको पुतलीसडक, सातदोबाटो, मङ्गलबजार, न्यूरोड, रत्नपार्कलगायतका शाखाहरु तथा मेगा, सिभिल, लुम्बिनी, नेपाल इन्भेष्टमेन्ट, माछापुच्छ्रेलगायतका अन्य सात वटा बैंकमा खोलिएको नक्कली खाताको नाममा चेक जारी गरी २०७१ असोजदेखि २०७२ असारसम्म विभिन्‍न मितिमा पटकरपटक कुल ३३ करोड ८२ लाख ५७८ भुक्तानी लिई बैंकलाई हानी पुर्‍याएको अनुसन्धानबाट खुलेको थियो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology