बिहिबार, मंसिर २६, २०७६

जब मन्त्री योगेश भट्टराईविरुद्धै लागे मदन खरेल, झापादेखि बालुवाटारसम्मको कसरत व्यर्थ

  • प्रकाशित मिति : बिहिबार, मंसिर १२, २०७६



  • काठमाडौं । नेपाल वायुसेवा निगमका अध्यक्ष मदन खरेलले आर्थिक अनियमितता गरी संस्थालाई उठ्न नसक्ने गरी थला पारेका छन् । यति मात्रै होइन, उनी न्यारो बडी विमान खरिदमा १ अर्ब २० करोड भ्रष्टाचारमा मुछिएका छन् । यसरी निगमलाई धरासायी पारेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई उनीप्रति असन्तुष्ट देखिएका छन् । मन्त्री भट्टराईले केही समयअघि पदबाट राजीनामा दिन खरेललाई निर्देशनसमेत दिए ।

    तर, ‘हुन्छ, म प्रधानमन्त्रीसँग सल्लाह गरी तपाईंलाई खबर गर्छु’ भन्दै हिँडेका खरेल मन्त्री भट्टराईविरुद्ध राजनीतिक लबिङमा लागेका छन् । नेकपाका शक्तिशाली नेताहरूको दैलो चहार्दै उनी ‘मन्त्रीविरुद्ध कुर्लिन थालेको’ स्रोतले बताएको छ । नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ खरेलका मुख्य संरक्षक हुन् । नेम्बाङको तहबाट उनले मन्त्रीविरुद्ध लबिङ थालेका हुन् ।

    यो पनि: मदन खरेलको बदमासीले वायुसेवा निगम धरापमा, कदम–कदममा भ्रष्टाचार !

    प्रधानमन्त्री केपी शर्मा ओलीले गत बुधबार मन्त्री हेरफेर गरे । त्यही बेला भट्टराईलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीबाट हटाउन भट्टराईले चलखेल गरेका थिए । आफ्नो पद जोगाउन र मन्त्रीलाई हटाउन उनले झापादेखि बालुवाटारसम्मको शक्ति प्रयोग गर्न खोजे । ‘तर, खरेललाई कसैले विश्वास गरेनन् । प्रधानमन्त्रीले भेट्न पनि दिनुभएन’, स्रोतले भन्यो, ‘प्रधानमन्त्री पनि खरेलसँग सन्तुष्ट हुनुहुन्न ।’

    न्यारो बडी विमान काण्डमा खरेललाई नेम्बाङले जोगाएका थिए । निगमभित्रको भ्रष्टाचारमा भने नेम्बाङ पनि मौन छन् । उनी अब भने खरेललाई बोक्न नसक्ने अवस्थामा पुगेको स्रोतले बताएको छ । एकपछि अर्काे काण्ड गराउन थालेपछि खरेलप्रति नेम्बाङको मोह भंग भएको हो ।

    संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको उपसमितिले न्यारो बडी विमान खरिदमा १ अर्ब २० करोड भ्रष्टाचार भएको ठहर गरेको छ । उपसमितिले भ्रष्टाचार किटान गरेको प्रतिवेदन सिंहदरबारको दराजमा महिनांैदेखि थन्किएको छ । प्रतिवेदनमा अति गोप्य भनेर छाप हानिएको छ । त्यसबारे छलफल पनि भएको छैन । नेम्बाङले नै छलफल गर्न नेकपा सांसदलाई रोकेको स्रोतले बताएको छ । नेम्बाङले काँध नथाप्ने हो भने न्यारो बडीको फाइल खुल्ने निश्चित छ ।

    कर्मचारीको विदेश सरुवादेखि विमान मर्मतका नाममा पनि खरेलले आर्थिक चलखेल गरेको निगमकै कर्मचारी बताउँछन् । निगमका चार अन्तर्राष्ट्रिय उडानका विमान ग्राउन्डेड छन् । नयाँ गन्तव्यको खोजी पनि निगम नेतृत्वले गरेको छैन । जापानको नारिता उडान पनि खरेलले स्थगन गरेको तथ्य यसअघि बाहिरिएको थियो ।

    खरेललाई सके राजीनामा गराउने नभए कानुनी प्रक्रियामा गएर बर्खास्त गर्ने तयारी मन्त्री भट्टराईले गरेका छन् । पहिले स्पष्टीकरण सोध्ने, त्यसपछि बर्खास्त गर्ने तयारी गरिएको स्रोतले बताएको छ । निगमलाई नाफामुखी ‘वाह’ बनाउने उद्घोष गरेका मन्त्री भट्टराईका लागि खरेल बाधक बनेका छन् । ‘प्रधानमन्त्री र मन्त्री भट्टराई सकेसम्म बर्खास्त नगर्ने पक्षमा हुनुहुन्छ’, स्रोतले भन्यो, ‘अटेर गरे कारबाही गर्ने पक्षमा पनि हुनुहुन्छ ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology