बिहिबार, मंसिर २६, २०७६

नेपाल एयरलाइन्सका अध्यक्ष खरेल बर्खास्तीको संघारमा, मन्त्री भट्टराईका १२ प्रश्न

  • प्रकाशित मिति : शुक्रबार, मंसिर १३, २०७६



  • काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)का अध्यक्ष मदन खरेलसँग संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले स्पष्टीकरण लिएका छन् । खरेलले निगमलाई उठ्न नसक्ने गरी थला पारेपछि मन्त्री भट्टराई असन्तुष्ट बनेका छन् ।

    यो पनि: जब मन्त्री योगेश भट्टराईविरुद्धै लागे मदन खरेल, झापादेखि बालुवाटारसम्मको कसरत व्यर्थ

    यो पनि: मदन खरेलको बदमासीले वायुसेवा निगम धरापमा, कदम–कदममा भ्रष्टाचार !

    मन्त्रालयले चौमासिक समीक्षाका लागि मातहतका सबै निकायका प्रमुखहरूलाई बुधबार सिंहदरबारमा बोलाएको थियो । समीक्षा बैठकमा आएका खरेललाई मन्त्री भट्टराईले १२ प्रश्न गरेका थिए । खरेलले आलटाले जवाफ दिएपछि मन्त्री भट्टराईले बर्खास्तीको तयारी गरेका छन् ।

    यी हुन् मन्त्री भट्टराईले सोधेका १२ प्रश्न

    १. तपाईं निगमको अध्यक्ष हुँदा अन्तर्राष्ट्रिय उडानका लागि दुई विमान थिए । दुइटा विमान थप पनि गरियो । अन्तर्राष्ट्रिय विमान उडानका चार विमानको गन्तव्य किन सुनिश्चित गर्न सक्नुभएन ?

    २. लामो दूरीको जहाजलाई भाडामा बढी प्रतिस्पर्धा हुने छोटो दूरीमा किन उडाइराख्नुभएको छ ? बुझ्न सकिएन ।

    ३. तपार्इं निगम अध्यक्ष हुँदा आन्तरिकका आठ विमान थिए । तीमध्ये अधिकांश ग्राउन्डेड छन् । कतिपय सन् २०१२ देखि नै ग्राउन्डेड रहेको पाइयो । ती जहाजलाई उडानयोग्य बनाउन किन सकिएन ? नउडेका जहाजको मर्मत र बिमामा करोडौं रकम खर्च भएको पाइयो । लागतको अनुपातमा आम्दानी किन भएन ?

    ४. निगमसँग रहेका एमए ६० र वाई १२ चिनियाँ जहाज अधिकांश समय ग्राउन्डेड भएको पाइयो । ती जहाज उडाउन नसक्दा निगमलाई ठूलो घाटा परिरहेको छ । यसको विकल्प किन खोल्न सकिएन ?

    ५. कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिइएको ऋण रकम समयमा तिर्न किन सकिएन ? साँवा र ब्याज तिर्न नसक्दा ती संस्थाहरूको ब्याज रकम नै पुँजीकरण गर्ने अवस्था आइलाग्दासम्म तपाईं किन चुप लागेर बस्नुभएको छ ?

    ६. निगमलाई ५ वा १० वर्षभित्र कस्तो बनाउने भन्ने योजना तपाईंले बनाउन नसक्नुको कारण के हो ?

    ७. संघीय संसद्, तालुक समिति, नेपाल सरकारले निगमलाई कम्पनीमा परिणत गरी चुस्त रूपमा सुचारु गर्न सुझावहरू दिइएका थिए । यसतर्फ तपाईंले किन कदम चाल्नुभएन ?

    ८. अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धा गर्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीसँग व्यवस्थापनमा साझेदारी गर्न नेपाल सरकारले सुझाव दिएको थियो । तर, व्यवस्थापनमा साझेदारी हुने गरी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी किन भित्र्याउनुभएन ?

    ९. देशभर निगमका नाममा रहेका चलअचल सम्पत्तिको रेखदेख गर्न र निगमलाई घाटाबाट जोगाउन किन सक्नुभएन ?

    १० कम्पनीभित्र अनुशासन, पद्धति निर्माण गर्न किन सक्नुभएन ? बरु आर्थिक लाभ लिई अवाञ्छनीय रूपमा कर्मचारीको सरुवा गरिएको गुनासो आइरहेको छ ।

    ११. नेपाली जहाजको गन्तव्य निर्धारण, निगमको व्यवस्थापन चुस्त बनाउन सम्माननीय प्रधानमन्त्रीले सार्वजनिक रूपमा निर्देशन दिनुभएको थियो । उहाँको निर्देशन कार्यान्वयन गर्नुको सट्टा गैरजिम्मेवार तरिकाबाट किन बिदामा बस्नु भयो ? यसले निगमको भविश्यलाई कहाँ लैजान्छ ?

    १२. कर्मचारीको कार्यसम्पादन गर्दा खाली कागजमा सही गराएर मनमौजी तरिकाबाट कर्मचारीको मूल्यांकन गरिएको व्यापक गुनासो आइरहेको छ । यसले निगममा कुन परिपाटीको विकास गर्छ ?

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology