बिहिबार, मंसिर २६, २०७६

मन्त्री भुसाल भन्छन्– मेरो प्रयत्न कृषिलाई उद्यमसँग गाँस्ने हो

  • प्रकाशित मिति : शुक्रबार, मंसिर १३, २०७६



  • काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले उद्यमशीलतासँग जोड्न नसकेसम्म कृषि क्षेत्रले राम्रो प्रतिफल दिन नसक्ने बताएका छन् ।

    नेपाल घरेलु तथा साना उद्योग महासंघ र विभिन्न वस्तुगत संघहरूको संयुक्त प्रतिनिधिमण्डलसँग मन्त्रालयमा आयोजित अन्तक्र्रियामा मन्त्री भुसालले भने, ‘कृषिलाई उद्यमसँग गाँस्न सकिएन भने कृषि आफैं विकसित हुन सक्दैन । कृषिलाई विकसित गर्ने भनेको आधुनिकीकरण, यान्त्रीकरण, व्यवसायीकरण जे भने पनि मेरो प्रयत्न कृषिलाई उद्यमसँग गाँस्ने नै हो ।’

    गाउँका मान्छेको जुन प्राथमिक उत्पादन छ त्यसको प्रारम्भिक प्रशोधन मात्रै सुरु भइदिने हो भने त्यसले किसानको श्रमलाई उद्यमशीलतातर्फ लैजाने उनले बताए । ‘किसानले दूध उत्पादन गर्ने कुरा महत्वपूर्ण छ तर दूधलाई कुनै न कुनै रुपले प्रशोधन गर्ने कुरा हाम्रा लागि अझै महत्वपूर्ण छ’, उनले भने, ‘हामीले जडीबुटी उमार्ने कुरा महत्वपूर्ण छ । जडीबुटीको कुनै न कुनै रुपले प्रशोधन गर्ने कुरा अझै महत्वपूर्ण छ । कृषि क्रान्ति भनेकै कृषकलाई उद्यममा ल्याउने हो ।’

    कृषिलाई उद्यमशीलतासँग जोड्ने सोंच बनाएर मन्त्रालयको जिम्मेवारीमा आएको उनले उल्लेख गरे । ‘अहिलेको कृषिले चल्दैन, केही फेरबदल गर्न जरुरी छ । कृषि भनेको हलो मात्रै जोत्ने भन्यौं । हाम्रो बीचमा ठूलो ग्याप रह्यो’, उनले भने, ‘हाम्रा योजना, सोच र काम गर्ने शैलीमा कृषिलाई उद्यमसँग गाँस्न सकिएन भने कृषि आफै विकसित हुन सक्दैन ।’

    महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले लघु, घरेलु तथा साना उद्योगहरु विशेष गरी स्थानीयस्तरमा कृषि र यसको उत्पादनसँग जोडिएको बताए । यस्ता उद्योगी र गाउँघरमा कृषि कर्म गर्ने किसानहरुको हितमा राज्यको नीति केन्द्रित हुनुपर्नेमा उनले जोड दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology