बिहिबार, मंसिर २६, २०७६

उपनिर्वाचन: अहिलेसम्म २४ प्रतिशत मतदान

  • प्रकाशित मिति : शनिबार, मंसिर १४, २०७६



  • काठमाडौं । प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तहको रिक्त ५२ पदका लागि बिहान ७ देखि सुरु भएको उपनिर्वाचनको मतदान कार्य शान्तिपूर्ण र उत्साहजनक रूपमा भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

    बिहानको १०ः४५ बजेसम्म करिब २४ प्रतिशत मतदान भएको आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेकुमार थपलियाले जानकारी दिए । उपनिर्वाचनका लागि ३७ जिल्लाका ५२ रिक्त पदको मतदानका लागि २४७ मतदान स्थल र ५३७ मतदान केन्द्रमा अहिले पनि शान्तिपूर्ण मतदान कार्य जारी रहेको आयोगले जनाएको छ ।

    प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तहको रिक्त ५२ पदमा उपनिर्वाचनका लागि आज (शनिबार) मतदान भइरहेको छ । गण्डकी प्रदेशको कास्कीको क्षेत्र नम्बर २ बाट निर्वाचित रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा परी निधन भएको थियो । उनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसमेत हुन् । प्रदेश सभाका सदस्यत्रय प्रदेश ३ का भक्तपुरका लामिछाने, गण्डकी प्रदेश वाग्लुङका टेकबहादुर घर्ती र प्रदेश ५ दाङका उत्तरकुमार वलीको मृत्यु भएपछि रिक्त स्थानमा उपनिर्वाचनको मतदान आज भइरहेको छ ।

    स्थानीय तहतर्फ सुनसरीको धरान उपमहानगरका प्रमुख तारा सुब्बा, पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्ष अमरकुमार नेम्बाङ, सङ्खुवासभाको मकालु गाउँपालिका अध्यक्ष खड्गबहादुर कटुवाल, महोत्तरी जिल्लाको पिपरा गाउँपालिका अध्यक्ष विनोद चौधरी र हुम्लाको खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्धु हमाल शाहीको निधन भएपछि त्यहा पनि मतदान भईरहेको छ ।
    यस्तै, विभिन्न नगरपालिका र गाउँपालिकाका ४३ वडाअध्यक्ष पदका लागि पनि मतदान आजै मतदान भइरहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology