बिहिबार, मंसिर २६, २०७६

उपनिर्वाचन मतपरिणामः कास्कीमा नेकपा अगाडी, भक्तपुरमा कांग्रेसले उछिन्यो

  • प्रकाशित मिति : आइतवार, मंसिर १५, २०७६



  • काठमाडौं । शनिवार भएको उपनिर्वाचनको मत परिणाम आइरहेको छ । आइतवार विहानसम्म लगभग अधिकाँस वडाहरुको मतपरिणाम आएको छ भने संघ र प्रदेशको पछिल्लो नतिजा पनि आइरहेको छ । संघिय संसदका लागि कास्की क्षेत्र नम्वर २ मा भएको निर्वाचनमा नेकपाकी उम्मेद्धार बिद्या भट्राई करिव ११ सय मतले अगाडी छन् भने भक्तपुर प्रदेशसभामा नेकपाका उम्मेद्धार कांग्रेसभन्दा पछि परेका छन् ।

    कास्की २ मा आइतवार विहानसम्म ७९९१ मत गणना भएको छ । जसमा नेकपाकी बिद्या भट्टराईले ३२७२ मत ल्याएकी छिन् भने नेपाली कांग्रेसका उम्मेद्धार खेमराज पौडेलले २११५ मत ल्याएका छन् । वडा नं ३३ को मतगणना सकिएको छ । जुन स्वर्गीय रविन्द्र अधिकारीको वडा हो ।

    त्यसैगरी भक्तपुर प्रदेशसभामा नेकपाका उम्मेद्धार कांग्रेस उम्मेद्धारभन्दा पछि परेका छन् । भक्तपुरमा १ (क) मा नेपाली कांग्रेसका उम्मेद्धार कृष्ण भँडेलले ८१०१ मतले अगाडी छन् भने नेकपाका उम्मेद्धार देवी प्रसाद ढकाल (डिपी) ५६३१ मतले दोस्रो स्थानमा छन् । मजदुर किसान पार्टीका उम्मेद्धारले १९५३ मत ल्याएका छन् । दाड र बाग्लुडमा अहिले बिहानदेखि मत गणना शुरु हुदैछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology