बिहिबार, मंसिर २६, २०७६

तेक्वान्दोमा नेपाललाई थप दुई स्वर्ण, नेपालको स्वर्ण नौ पुग्यो

  • प्रकाशित मिति : सोमवार, मंसिर १६, २०७६



  • काठमाडौं । १३औँ दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत तेक्वान्दोमा नेपालकी पार्वती गुरुङले स्वर्ण पदक हात पारेकी छन् । सातदोबाटोमा भएको खेलमा पार्वतीले २३ देखि २९ वर्ष उमेर समूहको पुम्सेको महिला एकलतर्फको विधामा श्रीलङ्काका खेलाडीलाई पराजित गर्दै स्वर्ण जितेकी हुन्। यस स्पर्धामा श्रीलङ्काले रजत र भारतले कास्य जित्यो ।

    आयशाले जितिन् स्वर्ण

    सागअन्तर्गत तेक्वान्दोमा नेपालकी आयशा शाक्यले २९ वर्षमाथिको पुम्सेमा स्वर्ण पदक जितेकी छन् । आयशाले ७.९४० स्कोर जोड्दै स्वर्ण पदक जितेकी हुन् । सोही स्पर्धामा भारतकी खेलाडी दोस्रो भइन् भने श्रीलङ्काका खेलाडीले कांस्य पदकमा चित्त बुझाए । यससँगै सागमा नेपालको स्वर्ण पदक नौ पुगेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology