बिहिबार, मंसिर २६, २०७६

प्रधानमन्त्री ओलीको भिडियो सन्देश: मेरो स्वास्थ्यमा राम्ररी सुधार हुँदैछ

  • प्रकाशित मिति : सोमवार, मंसिर १६, २०७६



  •  

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यमा राम्रो सुधार भइरहेको बताएका छन् । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेण्टरको सघन उपचार कक्षबाट भिडियो कन्फरेन्समार्फत आज उनले मुख्य शल्यक्रियापछि पनि आफू उठेर बोल्न सक्ने, साथीहरुसँग कुरा गर्न सक्ने तथा समाचारहरु हेर्न सक्ने अवस्थामा रहेको जानकारी दिए ।

    “एपेण्डिसाइटिस भनेको कसैलाई समय र सूचना दिएर आउने रोग होइन, यो अचानक आइलाग्छ, मलाई पनि अप्रत्याशित रुपमा त्यसैगरी आइलाग्यो”, प्रधानमन्त्री ओलीले भने, “त्यसमा इन्फेक्सन भएछ, त्यो बाहिर पनि फैलियो, त्यसमा मात्रै इन्फेक्सन सीमित भएको भए निकालेर फाल्न सजिलो हुन्थ्यो, बाहिर पनि इन्फेक्सन भएको हुनाले त्यो इन्फेक्सनलाई पनि हटाउनुप¥यो ।”

    प्रधानमन्त्री ओलीले उपचारका लागि हप्ता–दश दिन लाग्ने भएको र स्वास्थ्यमा राम्ररी सुधार भइरहेको जानकारी दिँदै भने,“एउटा मेजर अपरेशनपछि तपाईंहरु देखिरहनुभएको छ, म उठेर बोल्न सक्ने, साथीहरुसँग कुरा गर्न सक्ने अवस्थामा छु र समाचारहरु हेर्न सक्ने अवस्थामा छु ।”

    प्रधानमन्त्री ओलीले आफूले आइतबारको १३ औँ दक्षिण एशियाली खेलकुद (साग) को उद्घाटन समारोह आइप्याडमा हेरेको उल्लेख गर्दै भने, “मैले १३ औँ ‘साग’ को उद्घाटन समारोह पनि पूरै हेरेँ, हुन सक्छ कि सक्दैन भन्ने दुविधा समाप्त भएकामा खुशी लाग्या छ, म राष्ट्रपतिज्यूलाई उद्घाटन गरिदिनुभएकोमा, अरु सबैलाई सहभागी हुनु भएकोमा धन्यवाद भन्न चाहन्छु ।”

    उनले मैत्रीपूर्ण खेलबाट देशको इज्जत तथा क्षेत्रीय मित्रता अगाडि बढाउन नेपाली एवं सार्क क्षेत्रका खेलाडी सबैलाई आग्रह पनि गरे ।

    प्रधानमन्त्री ओलीको संबोधनको पूर्णपाठ:

    एपेण्डीसाइटिस भनेको कसैलाई समय र सूचना दिएर आउने रोग होइन । यो अचानक आइलाग्छ । मलाई पनि अप्रत्यासित रुपमा त्यसैगरी आइलाग्यो । त्यसमा इन्फेक्सन भएछ । र, त्यो बाहिर पनि फैलिएछ । त्यसमा मात्रै इन्फेक्सन सिमित भएको भए निकालेर फाल्न सजिलो हुन्थ्यो । बाहिर पनि इन्फेक्सन भएको हुनाले त्यो इन्फेक्सनलाई पनि हटाउनु पर्यो। त्यस कारण उपचारका क्रममा हप्ता दश दिन लाग्ने भयो । तर, मेरो स्वास्थ्य राम्ररी सुधार भइराख्या छ । एउटा मेजर अपरेशनपछि तपाईंहरु देखिरहनु भएको छ– मेजर अपरेशनपछि पनि म उठेर बोल्न सक्ने, साथीहरुसँग कुरा गर्न सक्ने अवस्थामा छु र समाचारहरु हेर्न सक्ने अवस्थामा छु ।

    हिजो मैले १३ औं ‘साग’को उद्घाटन समारोह पनि पूरै हेरेँ । हुन सक्छ कि सक्दैन भन्ने द्विविधा समाप्त भएकामा खुसी लाग्या छ । म राष्ट्रपतिज्यूलाई उद्घाटन गरिदिनु भएकोमा, अरु सबैलाई सहभागि हुनु भएकोमा धन्यवाद भन्न चाहन्छु । मैत्रीपूर्ण खेलबाट देशको इज्जत अगाडि बढाउन र क्षेत्रीय मित्रता अगाडि बढाउन म नेपाली खेलाडीहरु र सार्क क्षेत्रका खेलाडीहरु, सबैलाई आग्रह गर्दछु ।’

    –केपी शर्मा ओली
    प्रधानमन्त्री
    (मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको आईसीयू कक्षबाट)

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology