बिहिबार, मंसिर २६, २०७६

स्थायी नियुक्ति बुझेर घर फर्किए शिक्षक !

  • प्रकाशित मिति : मङ्लबार, मंसिर १७, २०७६



  • डोल्पा । कर्णाली प्रदेशको बिकट हिमाली जिल्ला डोल्पामा अत्याधिक चिसोका कारण विद्यालय बन्द भएपछि जिल्ला शिक्षा विकास तथा समन्वय इकाइबाट  स्थायी नियुक्ति बुझेर शिक्षक घर फर्किएका छन् ।

    एक वर्ष अघि शिक्षक सेवा आयोगले लिएको प्राथमिक तहको परीक्षा पास गरेर केहि महिना अघि मात्रै स्थायी भएर आएका नयाँ शिक्षकले जिल्ला शिक्षा विकास तथा समन्वय इकाइबाट नियुक्ति लिइसकेपछि उपल्लो डोल्पामा पदस्थापना भएका १८ जना शिक्षक विद्यालय नपुगी घरतिरै लागेका छन्। उपल्लो डोल्पामा पदस्थापना भएका सम्पूर्ण शिक्षक सदरमुकाम दुनैमा रहेका गाउँपालिकाका सम्पर्क कार्यालय र शिक्षा विकास तथा समन्वय इकाइमा हाजिर भएर शिक्षक घरतिर फर्केका हुन्।

    चिसोको कारण कात्तिक दोस्रो सातादेखि नै विद्यालय बन्द हुन थालेपछि शिक्षक पनि नयाँ नियुक्ति लिएपछि पनि विद्यालय नपुगेरै घर फर्किएका हुन्। अत्याधिक चिसोका कारण नियुक्ति लिनु अघि नै विद्यालय बन्द भएपछि आफूले सदरमुकाम दुनैस्थित शिक्षा विकास तथा समन्वय इकाइमा हाजिर गराएको शे(फोक्सुण्डो गाउँपालिकामा पर्ने तापरिजा माध्यामिक विद्यालयमा पदस्थापना भएका शिक्षक लोकेश खत्रीले बताए।

    लामो जाडो बिदामा अन्य काम गर्न सकिने यार्सागुम्बा टिप्ने बिदाका यार्सागुम्बा टिपेर मनग्य आम्दानी गर्न सकिने भएकाले पनि उल्लो डोल्पा पढाउन शिक्षक हानाथाप नै गर्ने गरेका हुन्। डोल्पामा पठाउने शिक्षकले दोहोरो कमाइ समेत गर्दै आएका छन्। चिसोका कारण कात्तिक दोस्रो साता बन्द भएका उपल्लो डोल्पाका विद्यालय तातो सुरु भएपछि बैशाख महिना मात्र खुल्ने गर्छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology