बिहिबार, मंसिर २६, २०७६

महिला क्रिकेटर अञ्जली चन्दको विश्वकीर्तिमानी अब गिनिज बुकमा

  • प्रकाशित मिति : मङ्लबार, मंसिर १७, २०७६



  • काठमाडौ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग)को महिला क्रिकेटअन्तर्गत माल्दिभ्सविरुद्धको खेलमा विश्वकीर्तिमानी बनाएकी नेपालकी बलर अन्जलीले चन्दको नाम गिनिज बुकमा लेखिने भएको छ । एक खेलमा ‘ बेस्ट बलिङ’ गर्ने बलरको विश्वक कीर्तिमान राखेका कारण उनको नाम गिनिजबुकमा लेखिने भएको हो ।

    अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान बनाएकी अञ्जलीले २.१ ओभरमा रन नदिई ६ विकेट हात लिएकी थिइन । यसअघि मलेसियाकी मास एलिसाले चीनविरुद्धको एक खेलमा ६ विकेट लिएर ३ रन खर्चिएकी थिइन्। तर अन्जलीले कुनै रन नै दिइनन्, ६ विकेट लिइन ।
    यस खेलले टीट्वेन्टी अन्तर्राष्ट्रियको मान्यता पाएको छ ।

    अन्तर्राष्ट्रिय मान्यता पाएका कारण अन्जलीको नाम गिनिजबुकमा लेखिने भएको हो । महिला टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै एक खेलमा पाँच बलरले ६ विकेटसम्म लिएका छन्। पुरुषको टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा भारतका दीपक चाहरले बंगलादेशविरुद्ध गत नोभेम्बरमा ६ विकेट लिएर सात रन दिउका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology