काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले थप तीन स्वर्ण जितेको छ । यो सहित नेपालले अहिलेसम्म १८ स्वर्ण जितिसकेको छ । मंगलबार दुवाथोलन र उसु थाउलोमा नेपालले तीन स्वर्ण जितेको छ । पोखरामा भएको दुवाथोलन हिमाल टमाटाले स्वर्णपदक जितेका छन् भने नेपालकै लक्ष्मण मल्ल दोस्रो हुँदै रजत पदक जितेका छन् ।
उसुमा नेपालले थप दुई स्वर्ण पदक जितेको छ । उसुको थाउलोमा विजय सिञ्जाली र सुस्मिता तामाङले स्वर्ण पदक जितेका छन् । उसु खेल लगनखेलस्थित आर्मी क्लबको शारीरिक तथा प्रशिक्षण केन्द्रमा भइरहेको छ ।