बिहिबार, मंसिर २६, २०७६

श्रीलंकाविरुद्ध दीपेन्द्रसिंह ऐरीको विस्फोटक ब्याटिङ, नेपालले दियो १७३ रनको लक्ष्य

  • प्रकाशित मिति : मङ्लबार, मंसिर १७, २०७६



  • काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को क्रिकेटमा नेपालले श्रीलंकालाई १७३ रनको लक्ष्य दिएको छ । टी–२० म्याचमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ बिकेट गुमाउँदै १७२ रन बनाएको छ ।

    नेपालका स्टार ब्याट्सम्यान पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्ल आउट भएपछि दवावमा परेको नेपाली टीमलाई दिपेन्द्र सिंह ऐरीले समालेका थिए । उनी एक्लैले ७२ रनको विस्फोटक पारी खेले । ४४ बलको सामना गरेका ऐरीले ४ चौका र ३ छक्का प्रहार गर्दै नेपाललाई सम्मानजनक स्थानमा पुरयाएका छन् ।

    पारस खड्का १ रनमा आउट हुँदा कप्तान ज्ञानेन्द्र मल्ल २१ रनमा आउट भएका थिए । पवन सरार्फले पनि २१ रनको योगदान दिएका छन् । श्रीलंकाका पीएचकेडी मेन्डिसले २ विकेट लिएका छन् भने अन्य तीन खेलाडीले एक, एक विकेट लिएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology