काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत एथलेटिक्समा नेपालले पहिलो स्वर्ण पदक जितेको छ । सन्तोषी श्रेष्ठले १० किलोमिटर दौडमा स्वर्ण हात पारेकी छन् । निर्धारित दूरी उनले ३५ मिनेट ७.९४ सेकेन्डमा पूरा गरिन् । भारतकी कविता यादवले रजत र श्रीलंकाकी निलान्थी लंकाले कांस्य पदक प्राप्त गरेका छन् ।