बिहिबार, मंसिर २६, २०७६

साग क्रिकेटमा श्रीलंकासँग नेपाल ६ विकेटले पराजित

  • प्रकाशित मिति : मङ्लबार, मंसिर १७, २०७६



  • काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको पहिलो क्रिकेट खेलमा श्रीलंका बिजयी भएको छ । नेपालले दिएको १७२ रनको लक्ष्य १९ ओभरमा श्रीलंकाले भेटाएको छ । पहिले ब्याटिड गरेको नेपालले पाँच विकेटको क्षतिमा १७२ रन बनाएको थियो । जवाफी ब्याटिङ गर्न आएको श्रीलंकाले ६ विकेटका क्षतिमा लक्ष्य भेटाएको छ ।

    श्रीलंकाका लागि सम्मु आसनले विस्फोटक पारी खेले । उनले ४४ बलको सामना गर्दै ७२ रन बनाए । खेलमा उनले ४ चौका र ५ छक्का प्रहार गरेका थिए । त्यसैगरी श्रीलंका फेमेन्डोले ४६ रनको पारी खेलेका थिए । नेपालका पवन सरार्सले २ विकेट लिएका थिए भने सोमपाल कामीले एक विकेट लिएका थिए । श्रीलंकाका सामु नेपाली बलरहरुले प्रर्दशन राम्रो गर्न सकेनन् ।

    पहिले ब्याटिङ गरेको नेपालका लागि दिपेन्द्र सिंह ऐरीले विस्फोटक पारी खेल्दै ७२ रन बनाएका थिए । उनले पनि ४४ बलको सामना गरेका थिए ।

    पारस खड्का १ रनमा आउट हुँदा कप्तान ज्ञानेन्द्र मल्ल २१ रनमा आउट भएका थिए । पवन सरार्फले पनि २१ रनको योगदान दिएका छन् । श्रीलंकाका पीएचकेडी मेन्डिसले २ विकेट लिएका छन् भने अन्य तीन खेलाडीले एक, एक विकेट लिएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology